बग्गी कार बनाएर चर्चा कमाएका दर्पण विदेशिँदै


पञ्चपुरी नगरपालिका–९ विद्यापुर सुर्खेत घर भएका दर्पण खराल २२ वर्षको भए । उनको बाल्यकाल रमाइलो सँग बित्यो । सानै उमेरमा उनी विभिन्न खाले उपकरण बनाउने गरेका थिए । उनले ति उपकरण बिगारेर बनाउने गरेका थिए । उनले ति उपकरणलाई बिगारेर नै सिक्ने गरेका थिए ।

दर्पणले चार कक्षासम्म गाउँमै पढेका हुन् । पाँच कक्षा पढ्न सुर्खेतको इगरब्रिजमा आएका थिए, त्यसपछि ६ कक्षा पढ्नका लागि इत्राम स्कुलमा पढे । उनले त्यहाँ ७ कक्षासम्म पढेका हुन् । ८ कक्षामा पढ्नका लागि विद्याज्योतीमा गए ।

गाउँघरमै भएको बेला उनले विभिन्न खाले उपकरण बिगारेर पनि बनाउने गरेका थिए । विद्याज्योतिमा उनलाई विज्ञान विषय पढाउने शिक्षकले आफ्नो कामप्रति उत्प्रेणा दिने, नयाँ–नयाँ उपकरणको खोजी गरेर बनाउन लगाउने र देखाउने लगायतका काम गर्न लगाउने गरेका थिए । दर्पणले शुरुमा एउटा उपकरण बनाएर शिक्षकलाई देखाए ।

उनले बनाएको उपकरण नै कक्षामा सबैलाई देखाउने लायक बन्यो । नयाँ–नयाँ उपकरण बनाएर देखाएपछि राम्रो उपकरण बनाउनेलाई विद्यालयले पुरस्कृत पनि गथ्र्यो । हरेक शुक्रवार विज्ञान विषयका लागि मात्र छुट्टै कार्यक्रम हुने गरेको दर्पणले बताए । उनी कार्यक्रममा भाग लिन असाध्यै रुचाउँने गर्थे ।

उनी पनि भाग लिन्थे र पुस्कृत पनि भएका थिए । उनले बनाउँने उपकरणमा उनी प्रथम नै हुने गर्थे । कहिलेकाहिँ द्वितिय र तृतीय पनि भएका थिए । उनीले विभिन्न उपकरण बनाउँदा बनाउँदै ९ कक्षामा पढ्दा बग्गी कार बनाउने उनले सोचे । उनी सामाजिक सञ्जालको माध्यमबाट कार बनाउनका लागि युटुब माध्यमको प्रयोग गरे । उनले भने, ‘एक जना अमेरिकन यूटुब हेरेर नै मैले यो कार बनाउनु पर्छ भनेर योजना बनाएको थिएँ । युटुब हेरेर बनाए ।’

दर्पणले बनाएको बग्गी कार

युटुब हेर्दा खर्च ५० हजार जति अनुमान गरे तर समान मगाउँदै गर्दा महङ्गो भयो । नेपालमा सामान थिएन, बाहिरबाट नै मगाउनु पर्ने थियो । उनले बनाएको बग्गी कार पर्यटन मन्त्रीले उद्घाटन गरे । उनले लकडाउनको समयमा ३ बर्षे मेकानिकल ओभरसियर पढ्नका लागि नेपालगञ्ज गएका थिए । लकडाउनले गर्दा उनको पढाई सोचे जस्तो भने हुन सकेन् । नपढेएर नै परीक्षा हुन थाल्यो । उनलाई यो पढ्ने हुन्न जस्तो लाग्यो र उनले व्यवस्थापन विषयमा १२ कक्षा भर्ना गरे ।

लकडाउन कै समयमा दर्पणलाई पराल काट्ने मेसिन बनाउने सोच आयो । पराल काट्ने मेसिन बनाएका थिए । त्यहि पहिला बनाएको बग्गी कारमा प्रयोग गरेको इन्जिन नै पराल काट्ने मेसिनको लागि प्रयोग गरेका थिए । त्यसबाट राम्रै फाईदा भएको उनले बताए । पराल काट्ने मेसिन बनाउँदा नै जाली बुन्ने मेसिन बनाउने अवधारणा त्यति बेला नै आएको थियो ।

गाउँमा सामान्य खालका मेसिन पनि ४÷५ लाख रुपैयाँमा ल्याएर चलाई राखेका हुन्थे । कसरी जाली बुन्ने मेसिन बनाउने त भनेर दर्पणले सोचे पनि, मेसिन बनाउने अवधारणापछि दर्पनले मेसिन बनाउँन थाले । शुरुमा ५० हजार रुपैयाँ खर्च भयो । पछि ८० हजार रुपैयाँसम्म खर्च मेसिनमा भयो । गाउँमा बत्ती नभएका कारण एक लाखको जेनेरेटर पनि मगाए दर्पणले । ८० हजारमा मेनुअल बनाएका थिए । एक पटक बनाएको बेला जेनेरेटरले नै काम गरेन्, अर्को पटक फेरी उनले बनाए । तार काटेर त्यसलाई फेरी बुन्नु पर्ने हुन्थ्योे । त्यसबेला दर्पणले दुई सय क्वीन्टल बचे पनि । तार जालीको ट्रान्सपोटेसन छोडेर एक लाख ३० हजार खर्च भएको उनले बताए ।

उनी बाहिर (विदेश) को लागि पनि तयारी गर्दैछन् । काठमाडौँ मा उनी विदेशको तयारीका लागि गए पनि । १०, १२ दिनमात्र भयो उनी घरमा आएको । घरमा आएर उनी तार बुन्ने मेसिन नै अलि व्यवस्थित बनाएर बस्ने योजना उनको छ ।

अहिले उनको गाउँमा बत्ती गएको छ । पहिले नै बनाएको मेसिन अहिले त्यत्तिकै सामान्य विचार उनले गरेका थिए । बत्तीमा विचार गरेको मेसिन चल्यो । उनले भने, ‘जेनेरेटरबाट काम नगरेको मेसिनले विजुलीको लाईनबाट काम गरेको छ ।’

भारतबाट सामान मगाउँदा धेरै गाह्रो
तार बुन्ने मेसिनको सामान नेपालमा पाउँदैन् । दर्पणले मेसिन बनाउनका लागि भारतबाट नै सामान लिने गरेका थिए । नेपालमा यसको सामान पाउनलाई सम्भव नै थिएन् । उनलाई भारतबाट मगाउँदा खेरी धेरै गाह्रो भएको उनले बताए । सामान आउन नै ३ महिना लाग्ने गरेको दर्पणले बताए । दर्पणले भने, ‘नेपालमै सामान पाईने भएको भए अलि सहज पनि हुने थियो ।’ उनले मेसिन बनाउनका लागि केके सामान चाहिन्छ भनेर सबै कुरा गुगलबाट नै हेर्ने गरेर समान मगाउने गरेका थिए ।

३ महिना लागे पनि सामान त आयो तर परिक्षण गर्दा मेसिन चलेन् । उनलाई लाग्यो एम्पियर बढि छ भन्ने लागेर मेनुअल बनाएर चलाए । मेसिनबाट भने राम्रै कमाई भएको उनले बताए । तर उनले मेसिनमा समय दिन सकेनन् । पढाईको कारण उनी घर भन्दा टाढा बस्नु पर्ने भयो । आएका ग्राहकलाई पनि तार उपलब्ध गराउन उनले सकेनन् र ग्राहक पनि बाहिर जान थाले र मार्केट नै डाउन भयो ।

कसरी आयो त दर्पणलाई बाहिर जाने सोच

उनले भने, ‘मेरो बाबा राजनीतिज्ञ पनि हो । यो कुनै विषय बन्यो या के भयो त्यो थाहा त भएन तर पछि कुनै ठाउँबाट पनि अडर आएन्, गाउँबाट नै सपोर्ट पनि भएन । गाउँको मान्छेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने नै भएन् ।

किनकी राजनीति नै बढि चल्छ मेरो गाउँमा । त्यसलाई कम गर्न के गर्नुपर्छ भन्ने नै थाहा भएन । सिक्ने कुरामा राजनीतिलाई घुसारेर त काम छैन । राजनीति चाहि कम गर्नुपर्छ जस्तो लाग्छ । किनकी जुन कुरामा पनि राजनीति छ अहिले मैले पढ्ने विद्यालयमा पनि राजनीति छ । राजनीति नभएको भए पढाई राम्रो हुथ्यो जस्तो लाग्छ । राजनीतिले गर्दा धेरै कुरालाई असर पार्दो रहेछ ।’

दिउँसोमा निभ्ने रातीमा बल्ने अटोमेटिक लाईटदेखि तार जाली बुन्ने मेसिन समेत बनाएका छन् दर्पणले ।

उनले भने, ‘यो पाटी त्यो पाटी भन्ने भयो । लिडरसिप राम्रो भएन् । लिडरसिप राम्रो भए हुन्थो भन्ने भएको छ । यहाँ बसेर काम छैन जस्तो लाग्यो । बाहिर जाने योजना गरे ।’ विदेशमा गए पनि यो सिपलाई र सिकाईलाई निरन्तरता दिने दर्पणले बताए । मेकानिकल रोजे तर नेपालका स्कोप भने देखिन् । किनकी ईनडष्ट्री नै खोल्न नदिने छ । बाहिरको सामान नै प्रयोग गर्ने ट्रेड छ । नेपालमा बनेको घरायसी सामानलाई प्रोत्साहन नै नगर्ने त्यो खालको ट्रेड भएको दर्पणले बताए ।

तपाईको प्रतिक्रिया