२०८१ चैत्र २
×

Now Playing

अध्ययन र पुस्तक लेखनमै जीवन बिताएका शिव नारायण बि.सी.

 

संस्कृती मानवशास्त्री पुस्तकका लेखन सुर्खेतीभूमी पुत्र स्वः वुवा गजबहादुर बुढा आमा मायादेविबाट वि.सं. २०१० माघ १० गते बिहिवार माइलो छोराको रुपमा पहिलो गोठीका“डा गाउ“ पञ्चायत हाल वीरेन्द्रनगर नगरपालिका–१४, गोठिकाँडा सुर्खेती भूमिमा मध्यम आर्थिक स्थितीको परिवारमा शिव नारायण वि.सी. जन्मनु भएको हो ।

तत्कालीन जनता प्रा.वि गोठीका“डामा ६ वर्ष उमेरमा शिक्षा आर्जन शुरु गर्नुभएको थियो । त्यही विद्यालय स्विकृती मा.वि. स्तर पुगे पछी एस.एल.सी. पास पनि त्यहीँबाट उत्तिर्ण गर्नुभएको थियो । २०३२ सालमा श्रीमती विष्णु जि सि संग मागी विवाह वन्धनमा बाँधिनुभएको थियो । उच्च शिक्षा मास्टर डिग्रि त्रिभुवन विश्वविद्यालय किर्तिपुरवाट सफलता गर्नुभएको थियो ।

मास्टर डिग्री प्राप्त पछि पहिलो अध्यापन आफैले अध्ययन गरेको जन मा.वि.विरेन्द्रनगर त्यसपछि अवलचिङ मा. वि. , मा.वि. सिरुपाटा, मा.वि., चौरासे, मा.वि.नेवारे, मा.वि लाटीकोइली , मा.वि. भैरवस्थान मा.वि. , साहारे सुर्खेत माध्यमिक तह शिक्षक भएर अध्यापन गराउनु भएको थियो ।

साहारे, विद्यापुर मा.वि. मा प्र.अ. समेत नै प्रशासनिक भुमिका सफलता पुर्वक वहाली भएर निभाउनुभएको थियो । २०३४ र २०३९ सालमा मा.वि. तहको स्थायी शिक्षक समेत हुन पुग्नुभएको थियो पटक पटक राजीनामा गर्दै पुन:वहाली भएर पनि स्थायी शिक्षक भएर विभिन विकृती मुछिएर कमाऊ धन्दामा लाग्न मन नहुँदा र अर्काको दवावमा वस्न नचाएर अस्थायी हुँदै आउनुभयो २०३८ सालमा विरेन्द्र वहुमुखी क्याम्पस वीरेद्रनगर सुर्खेत २०५४ सालमा उहि वीरेन्द्रगर वहुमुखी क्याम्पसमा एम.ए. तहकालाई अध्यापन समेत गराउन पुग्नु भएको थियो ।

२०३६ सालमा तत्कालिन श्री ५ को सरकारको जन सम्पर्क अधिकारीमा स्थायी नियुत्ति भै एक वर्ष रोल्पा नै सेवा गरेर राजीनामा गर्न पुग्नु भएको थियो । २०४८ साल देखी २०६० सम्म श्रोतव्यक्तिका रुपमा सुर्खेतममा जागीर खानु भएको थियो । उहाँले पटक पटक अस्थायी जागीर खादँै छोडदै ६ विषय त्रिभुवन विश्वविद्यालयवाट एमए प्राप्त गर्न सफल हुनु भयो ।

उहाँको जिवन संगीनी विष्णु वि.सी. प्राथमिक विद्यालय स्थायी शिक्षिका हुँदा पनि धेरै विषयमा मास्टर डिग्री गर्न हुटहुटी बढिरहेको हुन्थ्यो । अर्को पक्ष उहा“ कसैको दवाव नपर्ने स्वतन्त्रताको जिवन विताउने व्यक्ति भएकोले पनि अलिकतीको खटपटमा जागीरलाई तिलाञ्जली दिनुहुन्थ्यो ।

वि.सी. ले जिवन जगत निहाल्दै संस्कार संस्कृती ऐतिहाँसीक सामाजिक, ज्ञानविज्ञान समेत उजागर गरी सिर्जना पुस्तक आफनै लगानीमा प्रकाशित आजसम्म गर्नुभएको छ । अझै जिवन चेत भएसम्म सिर्जना प्रकाश गर्न हुटहुटी रहेको छ ।

जिवन जिउन कसैसंग खुसामद नगर्ने कुनै कुरा मन नपरे खरो उत्रने स्वभावका विसीलाई सुर्खेती चेतनशील नागरिक सवैले पहिचान गर्दछन । उहाँले कुनै पनि संस्था राजनीतिको पुच्छर समाती दलाली नगरेको कारण राष्ट्रिय स्तरको कुनै सम्मान पुरस्कार प्राप्त गर्न सक्नु भएको छैन । सत्तरी वर्ष वृद्ध अवस्था भएपनि निरन्तर सृजना प्रकाशनमा लागिरहनु भएको छ ।

वीरेन्द्रनगर वजारमा कहिले काही“ पिपल चौतारी चिया पसलमा पैदल झुल्कने वि.सी. अर्काका कुरा थोरै सुन्ने आफ्नै श्रम गाउनु पर्छ साथी भाइसंग भलाकुसारी गरी आफ्नो सृर्जना अध्ययन वढि समय लगाउने तर कुराले मात्र देश बन्दैन भनि काममा लाग्नु हुन्छ । हालसम्म भेरी साहित्य समाज जिल्ला समिती सुर्खेत जन मा.वि. वीरेन्द्रनर र कर्णाली समाजले दोसल्ला सम्मान पत्र दिएको छन् । श्रीमती विष्णु वि.सी. कोभिडकालले २०७८ मा मृत्यु हुन पुग्यो ।

उनको पाएको पेन्सन आधा रु आठ हजार मासिक प्राप्त गर्दै आउनुभएको छ । छोरा शुसिल वि.सी. जेठी छोरी सुमा कान्छी सृजना वैवाहिक बन्धनमा बाँधिएका छन् । छोरा सानो तिनो ठेक्का व्यवसाय गर्दछन् । कान्छी छोरी ज्वाई इन्जिनियर अध्ययन सकी जागिरमा अमेरिका गै उतै घरवास गरी बसीरहेका छन् ।

वि.सी. भने सात वर्ष देखी पि.एच.डी डिग्री प्राप्त गर्न अहिले पनि अध्ययन गरिरहनु भएको छ । उहाँ भन्नु हुन्छ “शिक्षित मात्र भएर हुँदैन सचेत नागरिक हुन जरुरी छ भन्ने दुर सन्देश पनि दिने गर्नु हुन्छ ।हाल छोरा वुहारी नाती नातिनासंगै वीरेन्द्रगर ६ भगवती टोल आफ्नै घरमा पढलेख देखि पुस्तक प्रकाशमा जिवनको धेरै समय विताई रहनु भएको छ ।”

उहाँद्धारा प्रकाशित

  1. Cultural Pattern of Tharus of Surkhet T.U. Liberary. Ref No.5/007-056 (T.U.)
  2. Tharus of Surkhet Valley. Ref No. 6/68-053 (T.U.)
  3. Marriages System AmongTharus of Surkhet. Ref. No. 309/055 (T.U.)
  4. Marriages System AmongTharus of Surkhet an Anthropologiccal Perspectives. Ref.No. 89/053 (T.U.)
  5. Research Design A Proposal. Ref. No.75/049 (T.U.)
  6. Book Review Tharus Culture of Surkhet. Education Liberary SKT.No.52830/34
  7. Tharus: A Cultural Race of Surkhet Valley an Anthropological Aspects, Surkhet.
  8. Ecological and Environmental Anthropology-2063 (S.U. Ref.No.1338.
  9. . शान्तिका पूजारी–२०४६
  10.  म र मेरा पाइलाहरु–२०४९
  11.  सुर्खेत उपत्यकाको सेरोफेरो–२०५०
  12. सुर्खेतका राउटे जाती–२०५२
  13. सुर्खेतका थारु जाति–२०५०
  14. छिमेकी–२०५३
  15. प्रेम पासो–२०५४
  16. सुर्खेतको जनजाति–२०५५
  17. उसको नासो–२०५६
  18. सुर्खेत उपत्यका–२०५७
  19. भोलि–२०५७ २०. कथैकथा–२०५७
  20. रूप–२०५७
  21. डरलाग्दो सपना–२०५७
  22. पराई–२०५७
  23. इतिहास हेर्दा–२०५७
  24. जूनतारा–२०५८
  25.  हरियो जङ्गल–२०५८
  26. मानव शास्त्र र समाज शास्त्र (भाग–१)–२०५९
  27. मानव शास्त्र र समाज शास्त्र (भाग–२) –२०६०
  28. इतिहासका पानाहरु–२०५४
  29. सामाजिक मानव शास्त्र–२०६१
  30. सुर्खेतका थारुहरुको विवाह प्रथा–५२
  31. सुर्खेत मानविकी क्याम्पस २०६२
  32.  बादल–२०६३
  33. बली एक संस्कृति–२०६४
  34. बिसीका फुटकर लेखहरु–२०६६
  35. सुर्खेत लाटीकोइली गाविसको हाउस होल्ड सर्भे केन्द्रीय पुस्तकालय दर्ता नं.२०४४ च.नं.६९१
  36. सुर्खेतका थारुहरुको विवाह प्रथा केन्द्रीय पुस्तकालय दर्ता नं.२०४२ च.नं.५७१२
  37. समाज र संस्कृति–२०६७
  38. समाज र प्रतिक–२०६७
  39. समाज र परम्परा–२०६९
  40.  रीतिरिवाज र चाडपर्व–२०७०
  41. सामाजिक परिवर्तन–२०७१
  42. फुलेको बाँस–२०७३
  43. मालचरी–२०७५
  44. बसन्ती–२०७६
  45. लोकवार्ता–२०७६ (MU 4198-4207)
  46. थारूहरूको जनजीवन–२०७६  (शिक्षा ३५१४–३५१८)
  47. बिहार गडो–२०७६ (म.पु.पु.२०७६/११) (शिक्षा ३४९९–३५०३)
  48. खडेरी–२०७७ (म.प.वि.वि. ५५५३–५५५७)
  49.  मानव बस्ती–२०७७
  50. वनस्पति, वन्यजन्तु र प्रकृतिबीच सम्बन्ध (DaGw(MU 5765-5774)
  51. अँधेरी रात–२०७८
  52. परदेशी–२०७८
  53. तरंग–२०७८
  54. मुरली–२०७८
  55. नौफेरेको भीर–२०७८
  56. पहिरो २०७८
  57. प्रकृतितर्फ फर्क–२०७९
  58. कला, सहित्य र संस्कृति–२०७
  59. जुनकिरी २०७९
  60. हिमचुली २०७९ (दाङ वि.वि. च.नं.३९९)
  61. प्रतिक्षा–२०७९
  62. मन रुदो रहेछ २०७९
  63. हिमाल २०७९
  64. पुतली २०७९
  65. मानव र प्रकृति २०७९
  66. प्रकृतिका पुस्तकहरु २०८०
  67. घुमन्ते फिरन्ते जातीहरु (२०८०)
  68. पर्यावरण र वातावरण (२०८०)
  69. बतासे डाँडा (२०८०)
  70. अर्जुन गुफा (प्रेसमा)