अनियमित वत्तिका कारण वजारवासि काकाकुल
सल्यान सल्लिवजारमा विद्युत अनियमित हुदा वजार वासि काकाकुल वनेका छन् । करिव दुई हप्ता देखि यो समस्या उत्पन्न भएको सल्लिवजार लिफ्ट खानेपानीका उपभोक्त समितिका सचिव आरिफ हलुवाइको भनाइ रहेको छ ।
करिव करिव एक महिना हुन थाल्यो वत्ति अनियमित भएको । जसका कारण सल्लिवजार लिफ्ट खानेपानीबाट पानि खाइरहेका नागरिक यतिखेर चरम संकटमा परेका छन् । पानि यस्तो अवस्थामा सुचारु गर्नका लागि जेनेरेटर आवश्यक हो तर हाम्रो त्यो पहुँचमा नभएको समितिका अध्यक्ष दिप वहादुर खड्काको भनाइ रहेको छ ।
सल्लिवजारमा वत्ति अनियमित हुन थालेको करिव १ महिना हुन थाल्यो अझै अघिल्लो हावाहुरीका कारण देखि यहाँको जनजिवन अस्तव्यस्त छ । सल्लिवजार वाहेक अन्यत्रको अवस्था झन नाजुक छ । नगरकै वत्ति पुगेका अन्य स्थानहरुमा अझै वत्ति नभएको धेरै दिन भैसकेको छ । त्यहाँ वत्ति सुचारु गर्न तर्फ कुनै निकाय अग्रसर नभएको स्थानीयको दुखेसो छ ।
वत्ति नहुदा सल्लिवजार वासि पानिसँगै गर्मिले रातभर सुत्न सक्दैनन् । एक दिन अघिको हावाहुरीका कारण खेतगारा लगाएतका क्षेत्रमा लिफ्ट खानेपानी आपूर्ति वन्द भएको छ । त्यसै गरि घाटगाउ, सँग्रहि लगाएतका क्षेत्रका लिफ्ट खानेपानी उपभोग गरिरहेका नागरिक समेत यसको मारमा परेका छन् ।
वत्ति नियमित गरनउने कुरामा विद्युत प्राधिकरणका विभिन्न युनिट शाखाहरु यतिखेर पुर्णत असफल वनेका छन् ।
छिमेकी जिल्ला सिम्ता गाउँपालिका वडा नं ६ राकम,जामुने वजार लगाएतका स्थानीयहरु वत्ति अनियमित हुदा पानी खान नपाएको खबर छ ।