आई.पि.भी खोप अभियान सम्वन्धि सरोकारवाला संग अभिमुखिकरण
आई.पि.भि खोप अभियान २०८१ सम्वन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मी र सरोकारवाला विच अभिमुखिकरण गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख संकेत विश्वकर्माले कार्यक्रमको उद्येश्य माथि प्रष्ट पारेका पादै दादुरा रुवेला खोप अभियानको प्रगति विवरण सहित चुनौती तथा समस्या र समाधानको विषयमा छलफल भएको छ । आई पि भि खोप अभियानको औचित्य बारे बुझाउने र कालिकोट जिल्लालाई पुर्ण खोप सुनिश्चितता कायम गर्नका लागि चालिएका कदम बारे सरोकारवालाहरुलाई जानकारी दिने उद्येश्यले अभिमुखिकरण गरिएको डाक्टर विश्वकर्माले बताए । पोलियो रोगको हालको अवस्था बारे पनी सहभागिहरुलाई जानकारी गराइएको छ ।
खोप लगाएपछि सामान्य असर हुने गरेको डाक्टर शंकेत विश्वबर्मामाले बताए । उनका अनुसरा खोपले खास्सै समस्या नहु गरेको बताएका छन् ।
आई.पि.भी. खोप आपुर्ति नभएको अविधमा यो खोप लगाउन छुट भएका बालवालिकाहरुलाई एक मात्रा आई.पि.भी.खोप दिएर ती बालवालिकामा पोलियो रोगको विरुद्ध प्रतिरोध क्षमता कायम गर्नु आई.पि.भी.खोप अभियानको लक्ष रहेको जन स्वास्थ्य अधिकृत कटक बहादुर महतले बताए ।
जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष धनजित बहादुर शाहीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपाली,कालिकोट प्रहरी प्रमुख अर्जुन केसी,शसत्र प्रहरी बल प्रमुख दिपेन्द्र विष्ट, अस्पताल विकास सतिका अध्यक्ष गोगन बहादुर मल्ल तथा जिल्ला स्थित सरकारी तथा गैर सहकारी संस्थाका प्रमुख ,प्रतिनिधि लगाएत संचारकर्मीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शिक्षा फोकल पर्सन हेमराज बमले गरेका हुन ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।