२०८१ चैत्र १
×

Now Playing

इथियोपिया : टिग्रे इलाकामा ३३ हजार बालबालिकाको ज्यान जाने स्थिति

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियाको टिग्रे इलाकामा भोकमरी र कुपोषणका कारण ३३ हजार बालबालिकाको ज्यान जाने जोखिम रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले चेतावनी दिएको छ।

सरकारी सुरक्षाबल र विद्रोहीबीच लगातार भइरहेको संघर्षका कारण त्यहाँमा मानवीय संकट पर्दैछ। मानिसहरूले पेट भर्न पाएका छैनन् भने बालबालिकाहरूको अवस्था झनै दयनीय छ।

सन् २०२० को नोभेम्बरदेखि त्यहाँ सरकार र विद्रोही पक्षबीच लडाइँ शुरु भएको थियो। अहिलेसम्म टिग्रेबाट करिब २७ लाख मानिस विस्थापित भैसकेका छन्।

यूनिसेफले गरेको एक अध्ययनअनुसार सो इलाकामा रहेका करिब ३ लाख ४३ हजार मानिसहरूले यतिखेर गम्भीर संकट भोगिरहेको छन्। सो अध्ययनले भोकका कारण करिब ३३ हजार बालबालिकाको ज्यान जाने अवस्था औंल्याएको हो।

इथियोपिया सरकारले भने संयुक्त राष्ट्रसंघको सो अध्ययनमा भएअनुसारको दाबीमा असहमति जनाउँदै टिग्रेमा आवश्यक सहायता पठाइरहेको दाबी गरेको छ।
युनिसेफले टिग्रेको ग्रामिण क्षेत्रमा मानवीय सहायता पुर्‍याउन आग्रह गरिरहेको छ।

इथियोपिया : टिग्रे इलाकामा ३३ हजार बालबालिकाको ज्यान जाने स्थिति

YUGAAWHAN NATIONAL DAILY (2078-02-29)

Leave a comment

Your email address will not be published. Required fields are marked *