एक्स्काइभेटर पल्टिँदा चालकसहित दुई जनाको मृत्यु
सुर्खेत। हुम्लामा एक्स्काभेटर पल्टिदा चालकसहित दुई जनाको मृत्यु भएको छ । चङ्खेली गाउँपालिका–२ को लोतीको सडकबाट एक सय मिटर तल खस्दा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कर्णाली प्रदेश नम्बर २–०३–००१ क ०९७५ को एक्स्काभेटर दुर्घटनामा परि मृत्यु हुनेमा चङ्खेली गाउँपालिका– २ का ३१ वर्षका अर्जुन कामी र ४५ वर्षका परवल कामीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
गम्भीर घाइते अवस्थामा दुवै जनालाई श्रीमष्टा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उपचार कै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।