एसईईको पहिलो दिन नै जाजरकोटमा प्रश्नपत्र आउट
जाजरकोट । जाजरकोटमा एसईईको पहिलो दिन प्रश्नपत्र आउट भएको छ । बिहिन बाट सुरु भएको परिक्षामा प्रश्नपत्र बाहिरको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन नै जाजरकोटको शिवालय गाउँपालिकामा अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको एक घण्टा नबित्दै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको हो ।
विशेष सूचनाका अनुसार, प्रश्नपत्र शिवालय–७ स्थित वीरेन्द्र मावि जुँगाथापाचौर परीक्षा केन्द्रबाट बाहिरिएको बताइएको छ । म्यासेन्जर र ह्वाट्सएपमार्फत समूह बनाएर प्रश्नपत्र फैलाइएको एक व्यक्तिले पुष्टि गरेका छन् । प्रश्नपत्र अहिलेसम्म नबाहिरीएको केन्द्राध्यक्ष शेरबहादुर खत्रीले बताए । ‘परिक्षा मर्यादित ढंगले सञ्चालन भएको छ,’ उनले भने,‘हामीले पुरै निग्रानी बढाएका छौं ।’
विद्यालयबाट अहिलेसम्म कुनै प्रश्न बाहिर नगएको उनको दावी छ ।




