कथा: काठको वाकस


पृथ्वीबहादुर सिह
इमान्दार नेपालीको जन्म सुदुरपश्चिम डडेल्धुरा जिल्लाको रुवाखोला गाउ“मा निम्न किसान परिवारमा भएको हो । गुजरामुखी कृषि पशुपालन गरी जेनतेन जीवन चलाइरहेको यो परिवारले २०४६ सालको वैशाखमा इमान्दारको स्वजातकी चिउकलीसंग मागी विवाह गरेको थियो । पञ्चेवाजा ठोकेर बिहे गर्दा केहि ऋण पनि लागेको थियो । देशमा जनआन्दोलन चलिरहेको थियो, विवाहको एक वर्ष नबित्दै फाल्गुण ७ गते छोराको जन्म दिएकी थिइन् चिउकलीले । पहिलो वेतमा छोरा जन्मेकोमा स्वदेश विदेशबाट कमाइ ल्याई परिवारलाई सुखी सम्पन्न बनाउनेछ भनि खुशीको सीमा थिएन चिउकली र इमान्दारको ।

  छोराको नाम वीरबहादुर भनि पुरेत बाजेले राखीदिए । फाल्गुण १७ गते न्वारनको दिनमा रुवाखोला गाउँलेलाई निम्ता गरेर आफ्नै घरमा पालेको धोर्ले खसी काटी मासु भात र कोदाको तेल खुवाई देउडा नाचगान गरी रमाइलो गरेका थिए । 

          बिहानै उठी इमान्दार पंचायत विरोधी नारा लगाउ“दै गा“उलेहरुको साथमा संयुक्त जनआन्दोलनमा भाग लिन सदरमुकाम अमरगढी पुगेको थियो । जुलुसको नेतृत्व गर्दै उफ्रीउफ्री नारा लगाईरहेको बेला इमान्दारलाई प्रहरीले पक्राउ गरी व्यवस्था विरोधी गतिविधिमा संलग्न भनि जेल हालेको थियो । केही दिनपछि राजा वीरेन्द्रले एकदलीय पञ्चायत व्यवस्था अन्त्य गरी वहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा गरेपछि इमान्दार जेलबाट छुटेको थियो ।

   साधारण शिक्षा हाँसिल गरेको इमान्दारले  बहुदलीय प्रजातन्त्रिक शासनमा जनताको मनबाट विजयी पार्टीले गर्दा नै जनता सुखी सम्पन्न हुन्छन भन्ने प्रशिक्षण पाएको थियो  । २०४७ को संविधान घोषणापछि भएका संसद र स्थानीय निर्वाचनमा आफ्नो आस्थाको पार्टीलाई जिल्लाभरका कार्यक्रममा सहभागी भै मन दिएर विजयी बनाएको थियो ।

  विजयी पार्टीहरुले सत्ताको नेतृत्व त गरे तर जनताको हालत झन दयनीय ह“ुदै जान थाल्यो युवाहरुलाई आत्मनिर्भर हुने व्यवस्थापन गर्लान भन्ने सपना तुहिँदै जान थाल्यो । तत्काल आफ्नो विवाह र छोरा जन्मिदा खुशीयाली गर्दा लागेको साहुको ऋण र घर व्यवस्था चलाउने आर्थिक गर्जो टार्न लिएको ऋणको व्याजले डाडो काँट्दै जान थाल्यो । 

आफ्नो गाउ“का साथीभाइहरु जाने भारतमा भाडाको श्रम पोख्ने विचारले एकरात सुतेको समयमा श्रीमती चिउकलीसंग भने “हेर श्रीमती भर्खर ल्याएको प्रजातन्त्र पार्टीहरुले देश उन्नति गरी कहिले स्वदेशमा रोजगारी सिजना गरी आत्मनिर्भर बनाउँलान् । यहा“ बसेर कमाई गरी विवाह र छोरा जन्मेको खुशीयालीमा लागेको कृपाल जैसीको क्रण तिर्न र घरव्यवहार चलाउन लाग्ने कमाउने ठाउ“ छैन । म खेतीपाती गरेर भारततिर जान्छु । वर्षे खेती लाग्ने बेला आइहाल्छु ।”

   “खेतीपाती स्याहारी गए कसो होला” चिउकलीले पनि हुन्छ त बुढा जसोतसो घर व्यवहार म गरुला । गाउ“ले साथी भाईसंग जानु घरमा सञ्चोविसञ्चो खबर गर्दै गर्नु भनि स्विकृित दिइन् । मङंिसर लागेपछि गाउ“का साथीभाईसंग इमान्दार पनि भारतको महाराष्ट्र प्रदेशको शुरथ शहरतिर भाडाको श्रम पोख्न हिड“े । 

   नेपाली युवाहरुले काम पनि राम्रो गर्ने अतिरिक्त थप कामको तलब पनि कम दिनुपर्ने भएकाले विभिन्न कलकारखाना होटलहरुमा सेठहरुले नेपाली युवा खोजीखोजी काममा लगाउँथे । कामको खोजीमा शास्त्री मैदानमा बसिरहेको बेला सेठ मोहनसिं ठाकुुर आएर “होटलमेै काम करेगा ? भनि सोध्यो । आएदेखि ढावाको खाना खाँदै मैदानको आकाशमुनी दिनरात बिताइरहेको इमान्दार के खोज्छस काना आ“खो भनेझै“ खुसी हँुदै तनाखा सोध्यो । मोहन सेठले स्टाप खाना खाएर मासिक तीन हजार दिन्छु भन्यो । त्यहि सहमतिमा ठाकुरको होटलमा मोरीको काममा जीवनको पहिलो भाडाको श्रम सुरु ग¥यो इमान्दारले । यता नेपालमा श्रीमती चिउकलीले पहिलो बेतमा छोरा पाएकोले पितृ सत्ताको अहंले जोरीपारीस“ग गमक्क परिरहन्थी । “कहिले छोरा तन्नेरी होला कमाई ल्याउला,सुखी सम्पन्न जिवन बिताउला” मनभित्र गुनिरहन्थी । यहि आसमा बसी कलिलो मुना बिरबहादुरलाई पहिलो बेतको काउकुती लाग्ने दुध चुसाउ“दै सुन्दर पहाडी पखेराका खेतवारी वनजंगलमा सुसेल्दै पाखुरीको बललाई पोखिरहन्थी ।

    जवानीको भेल, ज्ञानको कमी संचार सूचना लिन नजान्दा यो दम्पतिले दश वर्षमा तीन छोरी एक छोराको जन्म दिएर एउटा ससानो पल्टन खडा ग¥यो ।विजयी बनाएर पठाएका प्रजातान्त्रिक पार्टीबाट मन्त्री बन्न पुगेकाले भन्थे “सामन्तहरुले खेतीपाती पशुपालनलाई व्यवसायीकरण गर्न दिएनन् ।  हाम्रो पार्टीले सरकार बनाए म अवश्य गर्छु ।

  अव त गर्लान् र भारतिय भूमिमा भाडाको श्रम बगाउने यात्राको अन्त्यको दिन किन नआउला ? भारतिय भूमिमा भाडामा नोकरी गर्ने साथीहरुसंग र घर आएको बेला गाउ“लेहरु संगै कृषि क्रान्ती गरेर औद्योगिक क्रान्ती सफल भएर स्वदेशमा श्रम पोख्न किन नपाइएला भनी गुमीरहन्थ्यो । त्यहि सपना बोकेर हरेक  वर्ष घर आएको बेला उग्रतारा बुढीघटाल मन्दिर पुगी “मेरो देशका प्रजातान्त्रिक नेतालाई ध्यानाकषर््ाण गराई देऊ माता” भनी घण्ट ध्वजा चढाउथ्यो ।
 छ दसक अघि भिमदत्त पन्त जस्ता अमर शहिदहरुले बगाएको रगतले आएको प्रजातन्त्रले मेरो मुग्लानमा पसिना बेच्ने घुम्ती यात्रा समाप्त गरी छिटै देश सम्वृद्धिमा लैजाने प्रजातान्त्रिक भनाउ“दा नेताहरुलाई सद्बुद्धि देउ भनी भिमदत्त चोक गएर भीमदत्तको शालिकमा फूल चढाएर नमन गथ्र्यो । 

     छोराछोरी थपिदै जा“दा कृपाल जैसी साहुको ऋणको भारीले इमान्दार नेपालीका भारतिय गल्लीहरुमा श्रमयात्रा छ महिना बाट बढेर वर्षदिन हुन थालेको थियो तर पनि इमान्दार भने पटक पटक हुने चुनावमा मत दिन रुवाखोला आएर मत खसाली दलका नेतालाई विजयी बनाई माला पहिराई खुशीको डेउडा नाचगान गरेर भारत फर्किन्थ्यो । 

प्रजातन्त्र पुर्नवहालीपछि सत्ताको छिनाझम्टीको कारण देशमा अस्थिरता थियो । साम्यवादी दर्शन नौलो जनवादी क्रान्ती गरेर समाजवादी व्यवस्था ल्याउ“छौ देश, बनाउ“छौ भन्ने नारा लिएर उग्र शसस्त्र द्धन्द देशमा माओवादी पार्टीले चलायो । वर्गशत्रुको नाममा भाइ भाइमा काटाकाट मारामारको  हुण्डरी मच्चियो । इमान्दारको मनमा एउटा प्रश्न उठिरहन्थ्यो“किन यो मान्छे मार्ने खेलोमा राज्यपक्ष र गैर पक्ष उभिए होलान ?” कहि“कतै यसको उत्तर पाउँदैनथ्यो ।

    गैर राज्यपक्ष गाउ“मा आएर भन्थेः“हामीलाई भौतिक आर्थिक सहयोग गर्नुस्, सर्वहारा किसान मजदुरको राज्य व्यवस्था ल्याउछौ,यी संसदीय अन्यायी भष्ट्राचारीहरुले अत्याचार गरेर अकुत कमाउने व्यवस्था फ्याक्छौँ, जे जति सकिन्छ हामीलाई भौतिक आर्थिक सहयोग गर्नुहोस । ”

   इमान्दार र रुवाखोलाका युवाहरुले भारतका गल्लीहरुमा श्रम पोखेर ल्याएको पैसो दुखजिलो गरेर बचाएको दुई मुठी अन्नपात अनि आफूले परिवारको लागि ल्याएका जडौरी लिलामी कपडा समेत जनक्रान्तिको नारा दिनेहरुलाई दिएर सहयोग गरे । उनीहरुलाई यही सानो सहयोग गरेको थाहा पाएर सत्ताधारीहरुले सोझा निमुखा जनतालाई गोलीले भुटे । कठोर कालकोठरीको बास बसाए ।

  गाउ“का विद्यालयमा अध्ययन गर्ने अध्यापन गराउने शिक्षक विद्यार्थीहरुलाई हरेक दिन  प्रशिक्षणमा लैजाने, जनवादी साहित्य संगीत कार्यक्रमा लगाउने अनी त्यहीबाट लामो हिडाइ छ भनी महिनौ संगसंगै हिडाउने अनि त्यस पछि पार्टीमा लगाएर बन्दुक भिराउने व्रिmयाकलापले देश बन्द जस्तै भयो ।      

      कतिले त दोहोरो चेपमा इहलिला समाप्त गरे भने कति कालकोठरीको यातना भोग्न पुगे । इमान्दारले भने आफ्नो  छोरालाई माओवादीहरुले लैजालान् र राज्यपक्षको गोलीको शिकार बनाइदेलान भन्ने डरले आफूस“गै भारततिर लिएर गयो । देशमा राज्यपक्षले संकटकालको घोषणा गरेपछि परिवारको खर्च बढेर साहुको ऋण बढ्दै गरेको थियो । देशमा विकास निर्माण ठप्प भयो । गरीखाने वातावरण थिएन ।घरघरबाट कम्तिमा एक जना जनयुद्धमा जानैपर्ने उर्दी माओवादीहरुको थियो । वस्तीहरुमा जनसाधारणलाई राज्यपक्षले आतंककारी देख्थे भने माओवादीहरुले सुराकी देख्थे । 

     इमान्दारको छोरा बिरबहादुर पनि त पन्ध्र सोह्र वर्षको लोर्के भइसकेको थियो । बावुस“गै सुरत भाडामा श्रम पोख्न थालिसकेको थियो । २०६२ सालतिरको कुरा हो देशमा जनआन्दोलन चलिरहेको थियो । छोरोलाई साथीहरुको जिम्मा लगाएर दुवै बावु छोराको भाडाको कमाई लिएर आन्दोलनमा भाग लिन डडेल्धुरा रुवाखोला घरमा पुग्यो । 

 चिउकली श्रीमानको आगमनले खुसी हुनेनै भइ, पोइले कमाइ ल्याएको पैसोले  साहुको ऋन पनि घट्ने भो भनेर गदगद भइ । साना नानी बावुहरु सुरतबाट बुवाले ल्याएका लिलामी कपडा लगाएर फुरुक्क ह“ुदै हाम्रा बावाले ल्याएका नाना चाचा भनि नाच्दै उफ्रिदै छिमेकीका घरतिर दगुरे । 

श्रीमती चिउकलीलाई यसपटक दक्षिण एसियाको प्रख्यात साडी बजारबाट दुईवटा रंगीन बुट्टादार साडी ल्याइदिएको थियो । घरको सिढीमा बसेर श्रीमतीलाई साडी लगाउन पठाइ आफुसहित फोटा खिचेर घरमा सजाए । झिलिमिली साडीमा सजिएर श्रीमानस“ग माया विसाउँदा चिउकलीको खुशीको सीमा रहेन ।

  अर्को दिन घरको आगनमा एकाबिहान सूर्यको लाली किरण मातृ भूमिमा खस्दा श्रीमतीलाई बोलाएर नेपालमा हुने दुःख र मातृभूमिको प्राकृतिक अमूल्य सम्पदा देखाउँदै भन्न थाल्यो । “यस  पटकको संयूक्त जनआन्दोलनले संसद स्थापना र प्रजातन्त्र गणतन्त्रवादीहरुले विजयी प्राप्त गरे भने मेरो देशको भौतिक विकास गरी,हामी नेपालीलाई आत्मनिर्भर बनाई भारतका गल्लीहरुमा भाडाको श्रम पोख्न रोलान नि ।”

 हेर प्राकृतिले मेरो देशलाई यति धेरै बहुमूल्य सम्पदा दिएको छ, ऊ हेर उत्तरमा रहेको साईपाल हिमालय पर्वत शृखलामा विश्वका पर्वतारोहीलाई हिमाल पहाड चढन पैसाको पोको ल्याएर आउ“ भनि बोलाई रहेछन् । 

तल सेती नदीले ¥याफ्टिङ गर्न आउ“ भनि सुसेल्दै मेरो देशको भूमिबाट फाल हाल्दै दक्षिणतिर दगुरी रहेका छन । यिनै साना ठूला हाम्रा नदीहरुबाट भारतले विद्युत उत्पादनबाट विभिन्न प्रकारका उद्योग धन्दा सञ्चालन गरिरहेको छ । सिँचाई, खानेपानीको राम्रो व्यवस्थापन गरेर हामी बहादुर गोर्खालीलाई भाडामा बोलाई श्रम लिईरहेको छ । 

    हामी पनि नेपालमा रहेका आठहजार नदीखोलाबाट विद्युत उत्पादन गरी विभिन्न किसिमका उद्योग धन्दा खोल्ने देश उज्यालो झिलिमिली बनाउने, विद्युत विदेशीलाई बिक्री गरेर प्रशस्त आम्दानी गर्ने श्रोत रहेका छन् । 

 उ हेर हाम्रोसामु उभिएका वनजंगलमा हजारौ“हजार जडीबुटीका श्रोतहरु छन । तिनी सबै कच्चामाल भारत देखि तेस्रो मुलुकहरुमा पैठारी हुन्छ । त्यही प्रशोधित भएर मेरो देशमा आउँछन् । सयगुणा बढि मूल्यमा उपचारदेखि दैनिक उपभोग हामीले नै गर्नु परिरहेको छ । यही उद्योग कलकारखाना खोलेर प्रशोधन गरी उपचार उपभोगको लागि पैठारी गर्ने सम्भावना बोकेर बसेको छ । मेरो हिरा जस्तो भूमि हिजो सामन्तवादले गरेन गर्न दिएन, हामी विकास गर्छौ“ आत्मानिर्भर बनाउँछौ भन्ने प्रजातन्त्र गणतन्त्रवादी हजारौ“हजार शहीदहरुको लाम लगाए । 

संसदीय व्यवस्था, राजा ज्ञानेन्द्रको प्रतिगमनलाई सच्चाउने मुलुक अहिंसात्मक संयूक्त जनआन्दोलनमा सहभागी हुन घर आएको छु । यसपटक म डडेल्धुरा धनगढीदेखि राजधानीका विभिन्न स्थानमा हुने संयुक्त जनआन्दोलनमा पार्टीको झण्डा बोकेर सहभागी हुन जा“दैछु । राम्रो राज्य व्यवस्थापन ल्याउने मेरो पनि कर्तब्य हो ।

     संसद र बहुदलीय व्यवस्था वहाल नहु“दासम्म म घर फर्किन्न ।  तिमीले त्यो समयसम्म घर व्यवहार राम्रो गरी व्यवस्थापन गरेर बस्नु भनि चिउकलीलाई सम्झायो । अमिलो भएको मनलाई आफै बुझाउँदै “हुन्छ बूढा जानु म जसरी पनि छोराछोरी लालावाला हेरचाह गर्ने काम गरु“ला । राम्रो व्यवस्था ल्याए हाम्रा छोराछोरी नातीनातीनाले आफ्नो मातृभूमिलाई नै सम्वृद्धि गराउलान । स्वाभिमानले श्रम स्वदेशमा पोखेर आत्म गौरवले बा“च्लान । फरियाको फुर्काे टोक्दै भित्रबाट भक्कानिएर आएको हिक्कालाई भित्रै रोकिन । 

    इमान्दारले हिजो नै सिलाएर ल्याएका क्रान्तिकारी राता झण्डा चीउकलीले इमान्दारको हातमा राखीदिई । बेलुका नै लालकेतु र गोलाईचीका फूलको माला उनेर राखेको श्रीमानलाई पहिराई दिएर स्वतन्त्रताको लडाईमा विजयी भएर घर फर्किनु भनि आशीष वचन दिदै न्यानो माया दिएर दण्डवत गरी विदाई गरिन् । 

आन्दोलन चल्यो दिनदिनै डडेल्धुरा सदरमुकाम अमरगढीमा ह“सिया हतौडा तारा अंकित झण्डाहरु उचाली नारावाजी गरी तुफान डा“डामा रात बिताउने क्रम केही दिन चल्यो । यसरी एक हप्तामा अमरगढी प्रतिगमन विरोधी आन्दोलन गरी सुदुरपश्चिमाञ्चलको सदरमुकामा आन्दोलनलाई थप तिव्रता दिन ट्रकमा वसी धनगडी पुगे ।

  त्यहा“ हरेक दिन विरोध र आन्दोलनमा प्रहरीस“गको दोहोरो झडप हुने विभिन्न कार्यक्रममा सहभागी ह“ुदा कोही हिरासत जाने क्रम छदै थियो । दिनभरी आन्दोलनमा दौडादौड अनि बेलुका थारुवस्तीमा वासवस्ने गरी एकहप्ता बित्यो । त्यसपछि पार्टीहरुले प्रतिगमन विरुद्धको आन्दोलन थप उचाईमा पु¥याउन देशभरीबाट राजधानी काठमाण्डौ आउन आव्हान ग¥यो । पार्टीको व्यवस्थापनमा अरु आन्दोलनकारीस“गै इमान्दार पनि रात्रीबसमा काठमाण्डौतिर लाग्यो । 

 प्रतिगमन विरोधी आन्दोलनले देशभर निव्रता लिईरहेको थियो । चैत २८ गते काठमाण्डौका विभिन्न स्थानबाट साहित्यकार,पत्रकार,राजनितिकार संघसंस्था संगठनहरु नारावाजी गर्दै रत्नपार्क जाने व्रmममा इमान्दारलाई पनि प्रहरी भ्यानमा हाली महाराजगञ्ज प्रहरी तालिम केन्द्रमा पु¥यायो । पत्रकार साहित्यकार कलाकार आन्दोलनकारी ट्रकका ट्रव्रm ल्याएर दिनभर अलग अलग स्थानमा राखी बेलुका छोडेको थियो । नेवारवस्तीमा खाना बासको व्यवस्था थियो ।

दोस्रो दिन चैत्र २९ गते बिहान खानापछि सभागृह अगाडि पुगेको थियो । पार्टीका नेताहरुको सम्वोधनपछि नारावाजी गर्दै जुलुस निस्किएर रत्नपार्कबाट अगाडि बढी स्वयम्भू,बौद्ध पशुपतिनाथ,भद्रकाली,हनुमानढोका परिक्रमा हुन्थ्यो, आन्दोलनले दिनदिनै उचाइ लिदै गयो ।त्यो आन्दोलनको हुलमा १० वर्षे रुविन गन्धर्वले प्रतिगमन विरुद्ध गीत गाईरेहेको थियो । ८४ वर्षे छाया“देवी प्रजातान्त्रिक सेनानी भएर उफ्रिरहेकी थिइन । जुलुसले प्रतिगमनकारी “ज्ञाने चोर देश छोड, पारस हत्यारो हो” जस्ता नारा लगाई रहेको थिए । रत्नपार्क नपुग्दै पा“चवटा भ्यानमा सशस्त्र र जनपथ प्रहरी आएर ८४ वर्षे  छाया“देवीलाई लछारपछार गरी भ्यानमा हाल्यो । अगाडि लागेका पार्टी नेताहरु भ्यानमा हालेर प्रहरीले महाराजगञ्जतिर लग्यो । इमान्दार भने प्रहरी पव्रmाउबाट बच्न रत्नपार्कतिर हाम फालेर बचेका थिए ।

  प्रतिगमन विरुद्ध आन्दोलनमा देशभर उठेको थियो । राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई फर्काए“ भन्दै संसद पुनस्र्थापनाको घोषणा गरे । प्रजातन्त्र पुनरवहाली पछिको खुसीयालीमा काठमाण्डौ उपत्यकामा विभिन्न स्थानमा जुलुसमा सहभागी भै इमान्दार  पनि  घर फर्कियो । प्रजातन्त्र पुनःवहाली भएकोमा वस्तीहरुमा खुशीयालीको दिपावलीले झलझलाकार थियो । 

      बिहान ८ बजे इमान्दार साथीहरुस“ग भिमदत्त नगरपालिका पुगेका थियो । त्यहा“ पनि खुशीयालीको कार्यक्रममा विभिन्न लोकतान्त्रिक गणतान्त्रिक नेतागणका सम्वोधन सुनी बेलुका घर गएका थिए । घरमा पनि बेलुका दिपावली गरेर खुशी हुर्दै भने“अब हाम्रो समाजवाद ल्याउने गणतन्त्रवादी संसदवादी एक भएर पुनःप्रजातन्त्र बहाल भएको छ । अब केही वर्षमै सम्वृद्धिको शिखरमा पुग्नेछौ । भोलिपल्ट एकाबिहानै कुल देवतालाई ध्वजा चढाएर आशीर्वाद मागी परिवारसंग टिका लगाएर श्रीमती चिउकलीको आ“खामा गहिरो माया विसाउ“दै परदेशमा श्रम पोख्न झोला बोकेर भारतको सुरथ तिर लाग्यो । 

 २०६४ को संविधान सभाको निर्वाचनमा इमान्दारका बावुछोरा सुरतबाट आत्मनिर्भर नेपालको कल्पना गर्दै घर आएर गणतन्त्र नारा घन्काउने आफ्नो मनले खाएको पार्टीलाई मत दिएर विजयी बनाए । संविधान सभाले २५० बर्षेे राजसंस्था सदाका लागि विदाई ग¥यो । राजा ज्ञानेन्द्रले नारांयणहिटी दरवार छोडेर नागार्जुन घरवारमा बस्ती सारे । इमान्दारले पुनःघरमा खुशीयालीको दिपावली गरेता पनि घरको आर्थिक अवस्था झन झन गिर्दाे थियो । साहुको ऋणले माखेजालमा पार्दै लगेको  थियो । 

प्रजातन्त्र पुनःप्राप्तपछि विश्वव्यापीकरण खुला बजार व्यवस्थापनले विज्ञान निर्मित भौतिक सुबिधा साधन यातायातको सुविधाले गाउ“गाउ“ पुगे । परिवारले ती साधन उपयोग गर्दा गुजरामुखी कृषि र भारतमा भाडाको श्रमले नपुग्दा नेपालका अरु गाउ“ले जस्तै रुवाखोले युवाहरु पनि अरबको तातो हावा खान जाने व्रmम बढिरहेको थियो ।

फलानाको छोराले यति कमाएर ल्यायो साहुको ऋन सवै तिरेर घर बनायो, बेस्कन दाइजो दिएर दिदी बहिनीको विहे समेत गरिदियो । हलानाले पैसाको थैलै ल्याएर आयो खेत किन्यो बारी किन्यो । ढिस्कानाले बाउ बाजेदेखिको ऋन चुक्ता गरेर बजारमा पा“च तले घर किन्यो यस्तै यस्तै कुराहरु गाउमा खुव सुनिन थाले । यस पटक भने गाउ“ले साथीस“ंग छोरा वीरबहादुरलाई अरवमा कमाउन पठाउने आफु उहि सुरतमा श्रम पोख्न जाने पारिवारिक सल्लाह गरे । केही वर्षभित्र यी लोकतन्त्रवादी गणतन्त्रवादीहरुले मेरो देशको बहुमूल्य प्राकृतिक श्रोतको विकासको ढोका किन नखोल्लान । आफ्नै स्वदेशमा श्रम रोजगारी पोख्न पाईएला भन्ने सपना मनमा सा“चेर छोरा वीरबहादुरलाई केही वर्ष अरव कमाई गर्न पठाउने पारिवारिक सल्लाह भो ।

वीरबहादुरले आफ्नो गाउ“कै चिनेजानेको ऋषिमेनपावर कम्पनीकै सम्पर्कमा पासपोर्ट बनाउने देखि केके केके तालिमहरु सबै पुरा ग¥यो । होटलको कुकमा प्रति महिना एकलाख तलब पाउने सल्लाहमा पा“च लाख लाग्ने पहिलो किस्ता रु पचास हजार बुझाए । एकमहिना पछि भिसा भर्ने सलाह भयो । उही गाउ“को साहु कृपाल जैसीबाट मासिक सयकडा पचासका दरले व्याज बुझाउने गरी चारलाख रुपैया ऋण गरेर लाग्ने टिकट र अरु शुल्क बुझाए ।

भन्दा भन्दै बीरबहादुर विदेश उड्ने दिन पनि आइहाल्यो । सपरिवारसंग बसी टिकाटालो लगाएर कुल देउतालाई ध्वजा चढाएर यात्रा सफलताको आर्शीवाद माग्दै वीर बहादुर उग्रतारा मातालाई बसबाट नमन चढाई काठमाण्डौ तिर हिड्यो ।कतार बोइङ जहाजबाट छ घण्टाको उडानपछि रुवाखोले सोझो केटो विदेशी अपरिचित भूमिमा पाइला टेक्दा पचास डिग्रीको तातो हावाले उकुसमुकुस हुन पुग्यो । एयरपोटमा अपारमेन्ट निर्माता प्रो.मोहमत अमित पजेरी गाडी लिएर वीर बहादुर भनी बोलाउदा मख्ख पर्दै गएर गाडीमा बसी अपाटमेन्टको कोठामा पुगे ।

कामको बारे कुरा गर्दा दश तला माथि अझ पा“च तला थप्ने काम चलीरहेको छ त्यही मिस्त्री अथवा लेवर काममा आएका हौ भनी सेटले भनेपछि छातीबाट खसेजस्तो भयो । कालेको देशका भाषा पनि नआउने अर्को कामको मेसो पनि नभएकोले वाध्य भएर कहिले पनि नगरेको काममा ५५ डिगी तातोमा भ¥याङ चढेर दिवालमा सिमिन्टी लगाउन थाले ।

घरमा बा आमालाई काम त पाए तर घर बनाउने अति कठिन कहिले नगरेको काम छ भनि खवर गर्दा घरका मान्छे आत्तिएलान् भनेर काम ठिकै छ होटलमा काम गरिरहेको छु भनेर ढाट्यो । घरकाले साहुऋण तिर्ने पैसा कमाएर घरमा फर्किनु भनी सल्लाह दिए । काममा लोगेको पा“च दिनमा एघार तलाबाट सिमिन्टी प्लास्टर गर्न भ¥याङको डन्डी समाउने हात फुत्केर खसी वीरबहादुरको इहलिला समाप्त भयो । गएको १० दिनमा वीर बहादुरको मृत खबरले परिवारमा ठूलो बज्रपात भयो । आमाले बावु इमान्दारलाई फोनबाट वरवर आ“सु खसाल्दै सुरत खबर गरेर छिटो घर आउ छोराको लास बुझ्न् काठमाण्डौ जाउ“ला भनिन । खबर पाएको भोलिपल्ट इमान्दार रेलगाडी बस चढेर घर आईपुगे । पर्सीपल्ट आमाबावु बसमा चढी आ“सुका भल बगाउदै काठमाण्डौ पुगे । पुगेको भोलिपल्ट कतार एयरल्यान्सको वोईङ जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठको बाकसमा वीर बहादुरको लास आईपुग्यो । काठको बाकस लास बुझदै बावुआमा त्यही अलापविलास गरी रोए ।

त्यो राती बागबजार विजुली होटलको बाहिर वरण्डामा लास राखी कतारको सेटले क्षतिपूर्ति छ लाख इमान्दारको नाममा राहत बैंक खातामा पठायो । त्यही रकम बुझी बसमा छोराको मृत शरीर बाकसमा लिएर बेलुकाको बसमा डडेल्धुरा जान हिडी विहान दश बजे रुवाखोला घर पुगे । बसभरी बाकस माथी टाउको अडयाएर चिउकली अलाप विलाप गरी रोइरहेकी थिईन ।

फाल्गुनको महिना थियो । शिशिर ऋतु सकेर वसन्त लाग्न थालेको थियो । रुवाखोला गाउ“ वरिपरि जंगलका रुख विरुवा पालुवा पलाउन थालेको थिए । मध्य महाभारत शृङखला वसेको गाउ“मा हिउदे खेती हरियो लहलह भै लहराएको थियो । वनपाखाहरुमा विभिन्न चराचुरुङ्गी न्वाउलीहरु न्याउन्याउ बासी रहेका थिए । गाउ“लेहरु वीरबहादुरको लासको बाकस घर आइपुगेको खबर पाएर आगनमा जम्मा भएका थिए । हिन्दु संस्कारअनुसार लासलाई तात्तातै दाहसंस्कार गर्न पर्नेमा आज मृत्यु भएको पा“च दिन भैसकेको थियो । आजनै दाहसंकार गर्ने बन्दोबस्त गर्ने गाउ“का उही साहु कृपाल जैसीलाई व्यवस्थापन गर्न फोनमा कुरा गरीसकेका थिए ।

पन्चेवाजासहित मलामीहरु आ“गनमा जम्मा भइसकेका थिए । बसबाट गाउ“ले युवाहरुले लासको बाकस ल्याएर आगनमा राखे । बाकस उघारी घरपरिवार तथा सबै गाउ“ले अन्तिम दर्शन गर्दै फूलमाला चढाए । उत्तरबाट साइपाल हिमालले हेरी रहेको थियो । सेती नदी तल एकनास सुसाई रहेकी थिइन । आमा चिउकली अलाप विलाप गर्दै रोइरहेकी थिइन । इमान्दार पनि पटकपटक भक्कानिएर आ“सु बगाइरहेका थिए । कति दुखले हुर्काए । कलिलो बालकलाई कमाउन भारत पठाए, थप कमाउन अरव पठाए मनग्य कमाई गरी धुमधामस“ग गरौला,नाती नातिनी जन्माउला बुढेसकाल घरमा बसौला भनि वीर बहादुरलाई ऋणगरी पठाएको १० दिनमा बाकसमा लास भएर आयो । हाम्रो देश हाम्रा देशका म्यानपावर कम्पनी कस्ता होलान एउटा काम भनी पठाउने अर्को काममा जोताउने पापी भनि गाउ“लेहरु एकआपसमा कुरा गरिरहेका थिए ।

दिन छिप्पिन लाग्दा लास बाकसबाट निकाली ठाडो बनाएकोका राखी सेती नदीको दोभानमा दाह संस्कार गर्न लिन लाग्दा आमा लास समाएर पटकपटक अलापविलाप गरी रुदै लास समाउन पुगी मुर्छा परिन । उनलाई गाउ“लेहरुले शिरमा मुखमा पानी हालेर होसमा ल्याए । केहिवेर वीर बहादुरको लास रुवाखोला र सेती नदी किनार दोभान लिएर बसाले । पूर्वबाट शैलेश्वरी पश्चिम बाट उग्रतारा बुढीघटाल हेरिरहेका थिए ।

एकपटक अन्तिम विदाई सम्वोधन् गर्न बावु इमान्दारलाई उपस्थित मलामीले भने । इमान्दारले आफ्नो सम्बोधनमा भने“मेरो देशलाई प्रकृति वहुमूल्य हिमाल पहाड मधेस हजारा“ै नदीनाला खनिज पदार्थ दिएको छ । यस भौतिक विकास नगरी जंगबहादुरले भाडामा बहादुर बनाएर परदेशमा युवाको श्रम पोख्न पठाएको संस्कृति संस्कार कहिले अन्त्य होला । मेरा देशका प्रजातन्त्रवादी, गणतन्त्रवादी नेतृत्वलाई सम्वृद्धिको बाटो तय गर्नु अदृश्य इस्वरसंग माग गरे । हामी जनतामा म मेरो देशमा घरमा श्रम पोखेर उन्नति गर्छु भन्ने आत्मनिर्भर स्वाभिमान देउ भनी प्रार्थना गरे” । अन्त्यमा दाहसंस्कार लागी सेती नदि रुवाखोला दोभानमा चिता तयार भै सकेकोले विर बहादुरको लास राखी आगो लगाएर सखाप पारी गंगाजलले पखाली बगाएर अन्तिम गंगाजलको जलले श्रद्धाञ्जली दिएर घर तिर लागे मलामीहरु ।
कथा: काठको वाकस

पातमा आकृति कोर्ने सीपले लाखौं आम्दानी गर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *