कर्णाली गरिब प्रदेश हैन्ः प्रधानमन्त्री ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश विकट नभएको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालय आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली प्रदेश विकट नभएर संम्भावनाको खानी भएको बताएका हुन् ।
‘कर्णाली प्रदेश विकट भन्ने गरेका छन् । तर, त्यो हैन् । यहाँ अहिले तेलको अनुसन्धान गरिरहेका छौं,’ उनले भने,‘भावी दिनमा यहीको तेल प्रयोगमा आउनेछ ।’
जडिबुटीको खानी भएको र प्रयोगमा आउन नसकेको प्रधानमन्त्री ओलीले बताए । ‘नराम्रा कुरा भरिया भएर नेपाल अगाडी बढ्दैन्,’ उनले भने,‘त्यसका लागि अग्रगामी सोचले अगाडी बढ्न सक्छ । देश जनता र मानवताका लागि काम गर्नपर्छ ।’
दीक्षित हुने विद्यार्थीलाई उनले फेरी सफलताका लागि अध्यायन अनुसान्धानमा लाग्न सुझाव दिए ।