कर्णाली सरकारले करारका कर्मचारीलाई ‘कर्णाली प्रोत्साहन’ भत्ता दिँदै
सुर्खेत,६ पाैष ।
कर्णाली प्रदेश सरकारले विभिन्न भौगोलिक क्षेत्रमा स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरूलाई ‘कर्णाली प्रोत्साहन’ भत्ता उपलब्ध गराउने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलवार तथा एक सुचना जारी गरी गत मंसिर २१ गते बसको मन्त्रिपरिषद्को बैठकले उक्त भत्ता दिने निर्णय गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार आउने साउन महिनादेखि सुर्खेतमा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् ।
यस्तै जाजरकोट, दैलेख,सल्यान र रुकुम पश्चिममा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्लामा कार्यरत कर्मचारीलाई ८ हजार र हुम्ला मुगु, र डोल्पाका कर्मचारीहरूलाई १० हजार ‘कर्णाली प्रोत्साहन भत्ता’ दिइने सुचनामा उल्लेख गरीएको छ ।
मंगलबार नै सबै मन्त्रालय र प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरूलाई उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।