कर्मशील राजनीतिज्ञ टेक बहादुर

बुवा जय बहादुर खाण आमा पार्वती देवि खाण दुई आमाका आठ भाई मध्य कान्छी पट्टीबाटका साइलो छोरा टेकबहादुर खाण वि.स. २०१२ साल मंसिर २८ मंगलवार खुर्शानीवारी हाल नारायण नगरपालिका–३ मा मध्यम परिवारमा जन्मिएका थिए ।

६ वर्ष हँुदा २०१८ सालमा ने.रा.प्रा.वि. कालीमाटी अध्ययन शुरु गरेर त्यही विद्यालयमा कक्षा–५ पास गरेका थिए । २०२६ देखी २०२९ मा हालको त्रिभुवन मा.वि. तत्कालीन नि.मा.वि बाट ६ देखी ८ कक्षा पास गरेका थिए ।

कक्षा–८ पास पछि नेपाल शाही सैनिक स्वास्थ्य विभाग फुल्टिग्रा पुरानो गोरखनाथ नेपालगंन्ज रङरुढ तालिम नौ महिनापछि २०३१ सालमा सिपाही भएर २०३१ बाट नै बेसिक मेडिकल कोर्ष २ बर्ष त्रिचन्द्र सैनिक हस्पिटल काठमाण्डांैमा तालिम गर्न पुगेका थिए । २०३१ देखि २०३५ शाही बेसियिक तालिम विहानी भानु मा.वि. काठमाण्डौ दरवार हाइस्कुल मा अध्ययन गरी एसएलसी उत्तिर्ण भएका थिए । शाही क्याथीरमा १५ जना पहिलो उत्तिर्ण गर्ने विद्यार्थी मध्ये खाण प्रथम विद्यार्थी हुन । २०३१ सालमा बुवा र २०३५ सालमा मुवाको स्वर्ग हुदाँ स साना भाइवहिनी हुर्काउने जिम्मेवारी आएपछि नोकरी छोडेर दैलेख घर आएर खेतीपाती गदै त्रिभुवन मा.वि. दैलेखमा नि.मा.वि. तह को स्थायी नियूक्ती लिएर अध्यापन गराउन थालेका थिए ।

तत्कालिन चैराठा गाउँ पंचायत खतेना गाउँ निवासी मुखिया दिप बहादुर चन्द वुवा आमा पवित्रा देवि चन्द छोरी भगवती चन्द खाणसंग २०३५ सालमा मागी विवाह बन्धनमा बाँधिएको थियो । २०३६ सालको बहुदल निर्दल जनमत संग्रहमा नेपाल मज्दुर किसान पार्टी तर्फबाट बहुदल पक्षमा जिल्लाका सबै भुभाग पुगेर मात माग्न पुगेका थिए । २०३७ सालमा प्रथम पटक जिल्ला शिक्षक सम्मेलनबाट प्रगतिशिल शिक्षक संगठनको जिल्लाको तर्फबाट जिल्ला कमिटी सदस्य उम्मेदवार भएर विजयी भएका थिए ।

२०३९ सालको पञ्चायतको स्थानीय निर्वाचनमा शिक्षक पदबाट राजीनामा गरी विलासपुर गाउँ पञ्चायत उपप्रधानपन्च उमेरबाट ने.म.कि.पा. नजिक रहेर विजयी भएका थिए । २०४३ सालमा नेमकिपाले पञ्चायत भित्र पनि प्रवेश गर्ने नीति लिएकोले जिल्ला युवक संगठन सभापतिमा उम्मेदवार भएर एकमतले पराजित भएका थिए । २०४६ ने.म.कि.पा.बाट दैलेख जिल्ला सचिव र २०४६ पुनः प्रजातन्त्र प्राप्तपछि २०४९ जिल्ला विकास समिति दैलेख क्षेत्र नं. १ बाट सदस्य पदमा विजयी भएका थिए । त्यहि सयममा ने.म.कि.पा.का दैलेख जिल्ला उपसभापती भएका थिए ।

त्यसपछि २०५१ को जिल्ला सम्मेलन बाट ने.म. कि. पा. अध्यक्ष समेत भएको अनुभव छ । त्यहि समयमा २०४१ मा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट आइए र २०५० मा वि.ए. राजानीति शास्त्र इतिहाँसमा पास भएका थिए । यहि अवधीभर १३ वर्षसम्म खाण मेडिकल हल दैलेख बजारमा खोली स्वास्थ्य उपचार समेत योगदान गरेका थिए ।

२०५२ सालमा जिल्ला तहको बहुमत पक्ष नै एमाले पार्टी प्रबेश गरेर उनले पनि पार्टी परिवर्तन गरेका थिए । २०५४ स्थानीय निर्वाचनमा एमाले पार्टीको तर्फबाट दैलेख जिल्ला सभापति मा विजयी भएका थिए । जि.वि.स. महासंघको केन्द्रिय सदस्य १२ वर्ष सम्म भएका थिए । २०६२÷२०६३ को संयूक्त जनआन्दोलन मा दैलेख देखी काठमाण्डौसम्म सहभागी हुँदाँ प्रहरी हिरासतमा बस्नु भएको थियो । २०६३ मा एमाले चौथो जिल्ला आधिबेशनबाट दैलेख जिल्ला सचिव अन्चल कमिटी सदस्य भएका थिए ।

एमाले पार्टी २०७४ निर्वाचनमा ने क पा भै सरकार पुगी दुई पटक संसद विघटन गर्दा त्यसपछि पार्टी विभाजन हुदा नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । त्यहाँ पनि बस्न मन नहँुदा २०७९ नेकपा माओवादी प्रबेश गरी केन्द्रिय सदस्य र दैलेख निर्वाचन (ख) को इन्चार्ज भएका छन् । साहित्य राजनिति अध्ययन मा बढी रुची राख्ने खाणका विभिन्न जिल्लाबाट प्रकाशित पत्रपत्रिकामा कविता प्रकाशित छन् । ति संकलन गरी कविता संग्रह प्रकाशित गर्नुका साथै दैलेखको राजनिति, सामाजिक परिदृश्य र साथै आत्मवृत्तान्त लिपीबन्द्ध गरी प्रकाशन गर्ने तयारीमा लागेका छन् ।

विदेश भ्रमण वंगलादेश, चिनको लासा, थाइल्याण्ड पुगेको अनुभव छ । हाल छोराछोरी आ–आफ्नो बैवाहिक सम्बन्धमा रहेका छन् । उनी र श्रीमति आफ्नो नारायण नगरपालिका–१ घरमा जेठा छोरा बुहारीसंग बसेका छन् । लामो राजनिती हिडाई को अनुभवमा संघीय लोकतान्त्रिक गणतन्त्र संसारमा शक्ति विकेन्द्रीकरण सुन्दर व्यवस्था मानिन्छ त्यसमा दुई मत छैन तर हाम्रो नेपालमा राजनितीज्ञहरुमा सामान्ती संस्कार छोड्नु जरुरी छ । पुनः प्रजान्त्र गणतन्त्रपछि राजनिती अनेक बेतिथिबाट कमाएको सम्पत्तिको खोजी निती गरी आन्तिरिक सम्पत्ती देखीए राष्ट्रिकरण गर्नुपर्छ । स्थायी सरकार पाँच वर्षसम्म संचालन गर्न संविधान संसदबाट संशोधन गरी प्रत्यक्ष राष्ट्रपति निर्वाचन गर्ने व्यवस्था गर्ने, बिभिन्न तहका जनप्रतिनिधीलाई पुरा समय सम्म काममा लाग्ने लाई तलवभत्ता दिने बोड बैठकमा मात्र उपस्थित हुने बोर्ड सदस्यलाई बैठक भत्ता आतेजाते यातायात टिकट संविधानमा व्यवस्था गरी आजको कमाउ धन्दा अन्त्य गरिनु पर्छ ।

मन्त्री बनाउँदा संसद बाहिर वाट भएपनि विषय विज्ञ बनाउने सम्बैधानिक व्यवस्था हुनु पर्छ । संसद वहिस्कार गर्ने बर्ष मा एउटा विल र वार्षिक बजेट अनुमोदन गर्ने परीपटी अन्त्य गर्दै राजनितीमा सहमति सहकार्य गरी अगाडी बढ्ने, विदेश नितिमा एकमत हुने, युवा युवती म्यानपावोर कम्पनिबाट श्रमदास बन्न पठाउने उनीहरुले पठाएको रेमिटान्सबाट अकुत आर्जन गर्ने राजनितिज्ञदेखि दलाल ठेकेदार व्यापारी कर्मचारीको वेथिति अन्त्य तिर लाग्नु पर्ने दुर सन्देश पनि दिनु हुन्छ ।

कर्मशील राजनीतिज्ञ टेक बहादुर

घुस नदिएपछी निर्घात कुटपिट