कस्तुरीको विनासहित हुम्लाका कन्जोक पक्राउ
हुम्ला प्रहरीले एक जनालाई कस्तुरीको विनासहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नाम्खा गाउँपालिका–२ का कन्जोक तामाङ रहेका छन् । उनलाई हुम्लाको सिमकोट गाउँपालिका–६ स्थित तामाङ उनकै घरबाट ३ सय ४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताए ।
उनका अनुसार बुधबार पक्राउ गरेको हो । उनी दिल्लीहुँदै साउन –१ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरीले जनाएको छ । बरामद गरिएको कस्तुरीको विनाको मुल्य ११ लाख रुपैयाँ जति पर्न आउने प्रहरी नायब उपरीक्षक खनालले बताए ।
बरामद गरिएको कस्तुरीको विना र तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइने खनालले बताए ।