किशोर हत्या आरोपमा छ जना पक्राउ
सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संग्लन छ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । दुई गाउँका किशोरहरुबीच झगडा हुँदा कुटपिट र चक्कु प्रहारबाट तिलागुफा नगरपालिका ७ छाप्रेका १७ वर्षीया राजेश शाहीको मृत्यु भएको थियो । त्यस्तै १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका थिए ।
बुधबार राति खाँडाचक्र–१० चौकीस्थित हस्तबहादुर मल्लको नयाँ घरको पूजा र रमाइलो हेर्न आएकाबीच कुटपिट र चक्कु प्रहारमा संग्लन खाँडाचक्र– ९ दशला घर भएका ५ जना किशोरलाई पक्राउ गरिएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए । ‘सुरुमा कुटपिट गर्ने पाँच र अन्तिममा चक्कु हान्ने एक गरी छ जना पक्राऊ परेका छन्,’ उनले भने, ‘सोधपुछका लागि घरको पूजा आयोजना गर्ने घर धनीका पती–पत्नीलाई पनि मान्म ल्याइएको छ ।’




