२०८१ चैत्र ३
×

Now Playing

कोसिसद्धारा पैरवी समूह गठन


कोशिसद्धारा पैरवी समूह गठन भएको छ । समस्या, विपद वा तनाव जो कसैलाई हुनसक्छ । यस्तोमा कतिपयले जुध्न सक्छन भने कतिपयलाई गाह्रो भई बेचैनी हुन्छ, समस्यासँग जुझ्न अप्ठ्यारो हुने भएकाले यसको समाधान गर्नको लागि कोशिसले पैरवी समूह गठन गरेको हो ।
१२ जनाको पैरवी समूह कोशिसले बनाएको छ ।

यस पैरवी समूहले मनोसामाजिक समस्या भएका व्यक्तिहरुको हक, अधिकारका बारेमा आवाज उठाउनका लागि, नीति नियम बनाउन, औषधी निःशुल्क पाउनुपर्ने लगायतका कुरामा आवाज उठाउन पैरवी समूह गठन गरिएको काशिसका अधिकृत महेश भट्टराईले जानकारी दिए ।

त्यस्तै मनोपरामर्शकर्ता नरेन्द्र शर्माले पैरवी समूहका १२ जना सहभागिहरुलाई मनोपरामर्श, समस्या र अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले मानसिक स्वास्थ सम्बन्धि समूह एक सय १९ रहेको जानकारी दिए ।

कोशिसद्धारा गठित पैरवी समूहले नेपालको ५० जना प्रभावशाली महिलामध्ये एक सुर्खेतबाट पर्न सफल महिला कोशिसकी कोषाध्यक्ष खैरुन निशा सैयदलाई सम्मान समेत गरेको छ । बर्षौंदेखि जकडिएको धार्मिक अन्धविश्वास हटाउन सजिलो नहँुदा पनि निरन्तर लागेर आफु सफल भएको र प्रभावशाली महिलामा छानिएको खैरुन निशाले बताईन् ।

उनले सुरुमा सामाजिक जागरणको वातावरण बनाएको बताईन् । त्यसलाई अभियानको रूप लिई मुस्लिम समुदायभित्रैबाट सुधार गरेको उनको भनाई छ । यहाँसम्म पुग्न निकै पीडा र दुःख भोग्नु परेको दुखेसो सुनाउँदै कोशिस  र पैरवी समूहलाई धन्यवाद व्यक्त गरेकी थिईन् ।

कोसिसद्धारा पैरवी समूह गठन

कर्णाली पुल खुल्यो