गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन्ः गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले गणतन्त्रको बिकल्पमा राजतन्त्र हुन नसक्ने बताएका हुन् ।

उनले फालिसकेको राजाले लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन राजालाई चुनौती दिए । ‘केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ उनले भने, ‘त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन ।’

आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै भएको र आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास नेपालमा मात्रै भएको गृहमन्त्री लेखकले बताए ।

जन आक्रोश

Leave a comment

Your email address will not be published. Required fields are marked *