गुर्भाकोट बहुमुखी क्याम्पसमा नेविसंघका विष्ट निर्वाचित
सुर्खेत । सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका मोहन विष्ट निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।
सचिवमा अनेरास्ववियुका रिमबहादुर थापा र कोषाध्यक्षमा नेविसंघका हेमन्त भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा नेविसंघ र अनेरास्ववियुले भागबन्डा गरेका हुन्। सदस्यहरूमा ४ जना अनेरास्ववियु र ४ जना नेविसंघका निर्वाचित भएका छन् ।
सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन भने अनिश्चित भएको छ। विद्यार्थी र निर्वाचन समिति आआफ्नै अडानले निर्वाचन प्रभावित बनेको बताइएको छ।