गृहमन्त्रीद्वारा आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण

सुर्खेत । गृहमन्त्री रमेश लेखकले विपद्जन्य घटनाहरु भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरेका हुन् ।

पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्‍को जोखिममा रहेकाले संघीय सरकार मातहत रहेको गोदामघर प्रेदेशलाई हस्तान्तरण गरिको गृहमन्त्री लेखकले बताए । ‘भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहर जस्ता विविध किसिमका जोखिममा रहेकाले तीन तहका सरकारहरु तयारी अवस्थामा रहन आवश्यक छ,’ उनले भने,‘आपतकालिन अवस्थामा तत्काल जोखिम न्यूनिकरण गर्नका लागि गोदाम घरको स्थापना गरिएको हो ।’

संघीय सरकारले गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको मुख्यमन्त्री कँडेलले बताए । ‘भौतिक संरचना हस्तान्तरणसँगै अन्य संरचना र कानुनी अधिकार पनि हस्तान्तरण गर्न आवश्यक रहेको छ,’ उनले भने,‘प्रदेश सरकारलाई आवश्यक रहेका कयौं संरचना र अधिकार संघीय सरकारले अझै दिन सकेको छैन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *