२०८१ चैत्र १
×

Now Playing

‘जंकफूड’ले बालबालिकालाई कुपोषित बनायोः प्रमुख सिग्देल


सुर्खेत, २० माघ ।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले कर्णालीमा जंकफूडको प्रयोगका कारण बालबालिकामा कुपोषण बढाएको बताएका छन् । बहुक्षेत्रीय पोषण योजना–२, बहु सहभागितामूलक योजना तर्जुमा तथा कार्यान्वयन परियोजनाद्वारा आयोजना गरिएको गोष्ठीलाई सम्वोधन गर्दै उनले कर्णालीमा जंक फूडको जथाभावी प्रयोगमा नियन्त्रण गर्न परिवार लाग्नुपर्ने बताए । ‘हामीसँग पर्याप्त पौष्टिकतत्वले भरिपूर्ण खाद्यान्न छन् । तिनको प्रयोग गर्न अझै जानेका छैनौं ।’ उनले भने, ‘हामी सजिलो भएका कारण छोराछोरीलाई चाउचाउ विस्कुटजस्ता जंकफुड दिने गरेका छौं । अब यसका बारेमा जनस्तरमा जनचेतना जगाउन आवश्यक छ ।’ उनले वासी खाना खाने, खानामा आवश्यक तत्वलाई नमिलाएरै एकै खालको खाना खाने गर्नाले कुपोषणमा वृद्धि भइरहेको बताए ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हाल पुडकोपना हुनेको संख्या ४७.८ प्रतिशत रहेको छ । बरिष्ठ नर्सिंग अधिकृत मानकुमारी गुरुङ्गका अनुसार कर्णालीमा १७.६ प्रतिशतमा ख्याउटेपना देखिएको, ३७.४ प्रतिशत बालबालिकामा कम तौल भएको र ४८ प्रतिशत सुत्केरी आमा तथा बच्चामा रक्तअल्पता देखिने गरेको तथ्यांक मन्त्रालयसँग रहेको जानकारी दिईन ।
यसैबीच, स्याफ्रन नेपाल नामक संस्थाले लकडाउनको समयमा क्वारेन्टाईनमा बसेका नागरिकलाई विभिन्न बस्तु उपलब्ध गराएको बताएको छ । ‘हामीले सुर्खेतका बराहताल र चिंगाड गाउँ पालिकाका विभिन्न स्थानमा पाँच हजार सात सय दश प्याकेट सर्वोत्तम पिठो, दुइ हजार ८१५ प्याकेट मिक्स गेडागुडी, १६ हजार भन्दा बढि मास्क, ४८ वटा पौष्टिकता सम्वन्धी व्यानर, लेफलिट ४ हजार १५० पिस उपलब्ध गराएका छौं ।’ उनले भने, ‘यसका अलावा पौष्टिक आहारबारेमा नागरिकलाई जनचेतना जगाउने काम गरेका छौं ।’

 

Leave a comment

Your email address will not be published. Required fields are marked *