जाजरकोटका भूकम्प पीडितको टहरामा पहिरो खस्यो, चार जनाको हेलिकप्टरबाट उद्दार

 

 

 


जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाईते भएका छन् । गए राति साढे नौ बजेको समयमा जिल्लाको कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट खसेको पहिरोमा परी चार जना गम्भिर घाइते भएका छन् । गम्भिर घाईतेहरुको थप उपचारका लागि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याईएको छ ।

कुशे गाउँपालिका–८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका–८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उनकी चार वर्षीय छोरी इस्तिका थापा र १७ वर्षीय छोरी निर्माया थापा रहेका छन् । उनीहरुको शरिरमा गम्भिर चोट लागेको उनले बताए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको वडाध्यक्ष सिंहले बताए ।

मनसुन सक्रिय भएसँगै आफ्नो वडामा झण्डै डेढ सयभन्दा बढी ठाउँमा पहिरो गएको उनले बताए । भुकम्पका कारण जोखिम कम रहेका ठाउँमा पनि पहिरो जान थालेको वडाध्यक्ष सिंहले बताए । सरकारले अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम नदिनु र भवन निर्माण कार्यविधि नबन्दा थप समस्या भइरहेको उनले बताए ।