जुम्लामा मेडिकल र मासु पसल अनुगमन


गोल्डेन बुढा
जुम्ला । जुम्लामा मासु पसल, मेडिकल, एग्रोभेट र दुग्ध डेरीमा छड्के अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित सरंक्षण जुम्लाको आयोजनामा छड्के अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्ला, प्रहरी, जनस्वास्थ्य , जुम्ला,उद्योग बाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्ला र पशु सेवा कार्यालय जुम्लाको पनि सहभागी रहेको थियो । अनुगमनका क्रममा मेडिकल तथा मासु पसल अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ । तीन वटा मेडिकल,पाँच वटा मासु पसल, एक एग्रोभेट र एक डेरी अनुगमन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको संयोजकत्वमा अनुगमन गरिएको छ । ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर,चन्दननाथ ओैषधी पसल र आँखा उपचार केन्द्रमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण जुम्लाका सहायक कर्मचारी कर्मराज न्यौपानेले बताए । यस्तै माललाभिड एग्रोभेट पनि गरिएको थियो । मासु पसलहरु दर्ता नभएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनको क्रममा कैफियत भेटिएका सबै मेडिकल र पसल एग्रोभेटमा आवश्यकता अनुसार सल्लाह सुझाव दिइएको छ। सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ । औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नविकरण नगरेको लगायतका समस्या देखिएका छन् । स्वास्थ्यसंस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७३ अनुसार पोलिक्लिनिक सञ्चालनका लागि जनस्वास्थ्य कार्यालयलाई अधिकार दिइएको भए पनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उक्त अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *