२०८२ बैशाख ९ गते
×

Now Playing

जुम्ला कारागारमा एक कैदीको मृत्यु

जिल्ला कारागार जुम्लामा एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका अन्दाजी ३४ वर्षका प्रदीपकुमार टमटाको आइतबार मृत्यु भएको हो ।

मुगुकाे खत्याड गाउँपालिका–३ का कैदी टमटाले एक्कासि जीउ र पेट दुख्न थालेको बताएपछि अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको अस्पतालले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले बताए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कैदी टमटाको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएको बताए।‘चिकित्सले हृदयघात भएर मृत्यु भएको हुन सक्ने बताइरहेका छन्,’ उनले भने, ‘पोस्टर्माटमपछि सबै कुरा थाहा हुनेछ ।’ कारागार जुम्लाका प्रमुख गयाप्रसाद पाण्डेले कैदी टमटाको एक्कासि मृत्यु भएको बताए । ‘टमटाले बिहानै ब्याडमिन्टन खेलेका थिए । त्यसपछि कफी पिएर लुडोसमेत खेले,’ उनले भने, ‘खाना खान जाने भन्दै हिंड्न खोज्दा लडे ।

हतारहतारमा अस्पताल पुर्‍याउँदा पनि बचाउन सकिएन ।’घटनालगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको सुरक्षा समितिको टोली कारागार पुगेको थियो । टोलीले घटनाको अध्ययन गरेर फर्किएको प्रहरी निरीक्षक हमाल बताउँछन्। मृतक टमटाको घटना मुचुल्कासमेत प्रहरीले गरिसकेको छ ।