तिला कर्णाली क्याम्पसमा दोस्रो पटक सिंह विजयी


कालीकोट । कालीकोटको तिलाकर्णाली बहुमुखि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारी हिक्मत सिंह विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका सिंह स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा विजयी सिंहले ७२ मतसहित विजयी भएका छन भने उनका प्रत्यासी दिपा शाहीको समूहका सचिव पदका उम्मेदवार खगेन्द्र पाण्डेले ७१ मत ल्याएर निर्वाचित भएका छन् । शाहीले भने ५७ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित सिंह समूहका सचिव पदका उम्मेदवार उमेश शाहीले ५७ मत प्राप्त गरे ।

कोषाध्यक्षमा सिंह समूहका मिना शाहीले ६३ मत प्राप्त गरे विजयी हुदा शाही समूहका दुर्गबहादुर शाहीले ६२ मत प्राप्त गरे । कोषध्यक्षमा जम्मा एक मतको मात्र अन्तर परेको छ ।

तिलाकर्णाली बहुमुखी क्याम्पसमा सिहं दोस्रो कार्यकालका लागि अध्यक्षतमा निर्वाचित भएका छन् । यस अघि पनि सिंह अनेरास्ववियुसँगको तालमेलमा अध्यक्षमा निर्वाचित भएका थिए।

यता अनेरास्ववियु र नेविसंघको गठबन्धनमा अनेरास्ववियुका शाही अध्यक्षका उम्मेदवार थिए । दिपाको समूहबाट सचिव पदमा लढेका खगेन्द्र पाण्डे भने निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार शर्मिला शाहीले भने तीन मत मात्र प्राप्त गरे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *