दुईदिन वर्षा र हिमपात हुने

त्यस प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणाली बिहीवार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा पुग्ने जनाएको छ । जसले गर्दा मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताइन् ।
यस प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा, मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ ।
मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रवारसम्मै जारी रहनेछ । भारी हिमपात हुने र चिसो बढ्ने भएकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् ।