२०८१ चैत्र ३
×

Now Playing

दुर्घटनामा परेका नेकपा (एमाले)का महासचिव पोखरेलको स्वास्थ्य परीक्षण


दैलेखमा भएको सवारी दुर्घटनामा घाइते भएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको छ ।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा पोखरेल सवार गाडी शनिबार सडकमा पल्टिँएको थियो । दुर्घटनामा घाइते भएका महासचिव पोखरेलमा थप समस्या भए नभएबारे आइतबार काठमाडौंमा थप परीक्षण गरिएको एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

“आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ”, अधिकारीले भने, “उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”

महासचिव पोखरेल आइतबार नै सुर्खेतबाट काठमाडौँ पुगेका हुन् । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उनी सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा, कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाही पनि सवार थिए ।

गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको भने हातमा चोट लागेको छ ।