२०८१ चैत्र २
×

Now Playing

नगर कार्यापालिकाको चौथो बैठकले गर्याे महत्त्वपूर्ण निर्णय

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको यो आर्थिक वर्षको चौथो कार्यालय बैठकले महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नका लागि वस पार्कमा सम्पूर्ण सवारीसाधन वयटिङको लागि स्थान कायम गरिएको छ ।

त्यसैगरि मसानघाट जाने सडकको जिल्ला अदालतको फैसलालाई यथासक्य कार्यनयन गरि सडक सुचारु गर्ने निर्णय गरेको छ । सल्लिवजारमा बैंकमा ग्राहकको अत्यधिक चाप, भिडभाड वढ्ने देखिएकोले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय ल्याउनका निम्ति अनुरोध तथा सिफारिस गर्ने निर्णय गरेको छ ।

नगर र सुस्वाको साझेदारी सल्लिवजारमा सार्वजनिक शौचालय वनाउने,विभिन्न विद्यालयमा शौचालय निर्माणकार्य अघि वढाउने भएको छ ।

केही विद्यालयहरुमा दरवन्दि अभावले पठनपाठन समस्या भएकोले छिट्टै उक्त विद्यालयहरुको लागि स्वसेवक शिक्षकको विज्ञाापन गर्ने निर्णय भएको प्रवक्ता धनवहादुर पुनले जानकारी दिए । साथै चालू वर्षको वजेट कार्यनयनका लागि उपभोक्त प्रशिक्षण कार्यक्रम गर्ने सम्वन्धमा समेत निर्णय भएको जनाएको छ ।

नगर कार्यापालिकाको चौथो बैठकले गर्याे महत्त्वपूर्ण निर्णय

संघर्षले खारिएकी संजिता