२०८१ चैत्र १
×

Now Playing

नेकपा चामुण्डाकाे निर्णय, एक घर एक स्वास्थ्य अभियन्ता 

जम्बुकाँध (दैलेख), २८ चैत्र ।
नेकपा चामुण्डाविन्द्रासैनी नगरपालिका स्तरीय कोभिड १९ रोगथाम तथा नियन्त्रण व्यवस्थापन संयन्त्रले कोरोना भाइसरलाई फैलिन नदिन एक घर एक स्वास्थ्य अभियन्ता तोक्ने निर्णय गरेको छ । शुक्रबार व्यवस्थापन संयन्त्रका संयोजक एवम् नेकपा प्रदेश कमिटिका सदस्य सूर्यबहादुर शाही टेलिफोन संवाद मार्फत छलफल भई यस्तो निर्णय भएको हो ।

कर्णाली प्रदेश कमिटिको विशेष परिपत्र ५लाई पुर्ण पालना गर्ने निर्णय गर्दै राज्य एक्लैले मात्र भाइरस फैलिन रोक्न नसक्ने भएकाले प्रत्येक घरमै एक स्वास्थ्य अभियन्ता तोेक्ने निर्णय भएको संयोजक शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रत्येक वडा र टोलमा संयन्त्र बनाउछौँ, संयन्त्र तथा नेता कार्यकर्तालाई प्रत्येक घरमा पुगेर एक घर एक स्वास्थ्य अभियन्ता तोक्ने लगाउछौँ, प्रत्येक व्यक्तिको नाम, मोवाइल वडा कमिटि र नगर कमिट र स्थानीय तहलाई बुझाउन लगाउछौँ ।’ कसैलाई कुनैपनि समस्या भएको खण्डमा सोही व्यक्तिलाई संयन्त्र र पार्टीले तुरुन्त सम्पर्क गर्छ उहाँले भन्नुभयो ।

हाल फैलिरहेको भाइरसको प्रभावले गर्दा खाद्य संकट पर्ने भएकाले सहज गराउनका लागि स्थानीय उत्पादनको पहिचान तथ्यांक संकलन गर्ने र सोको विवरण वडा कमिटि, नगर कमिटि र नगरपालिकालाई जानकारी गराउने निर्णय भएको संयन्त्रले जनाएको छ ।  यसैगरी संयन्त्रको बैठकले प्रत्येक वडा र टोलमा ५ देखि ७ सदस्यीय व्यवस्थापन संयन्त्र गठन गर्न विभिन्न वडामा जिल्ला कमिटि सदस्य र नेकपाबाट निर्वाचित वडा निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी तोक्ने निर्णय भएको छ । साथै संयन्त्रका सदस्यहरुले आ–आफ्नो नजिक व्यक्तिहरु भारत तथा तेश्रो मुलुकबाट आएको खण्डमा क्वारेन्टाइनमा बस्न लगाउनुका साथै क्वारेन्टाइनको अनुगन गरी नगर पार्टी र स्थानीय सरकारलाई रिपोटिङ गर्ने निर्णय भएको छ ।

नेकपा चामुण्डाकाे निर्णय, एक घर एक स्वास्थ्य अभियन्ता 

सांसद थापाद्धारा औषधी सहयोग

नेकपा चामुण्डाकाे निर्णय, एक घर एक स्वास्थ्य अभियन्ता 

YUGAAWHAN NATIONAL DAILY (2076-12-29)

1 Comment

  1. Ranga shahi thakuri
    10th Apr 2020 Reply

    भासण मा सिमित नहोस काॠ र ब्यबहारिक रुपमा लागू होस हामी युबा बाट भौतिक र सकेसम्म को आर्थिक सहयोग गर्न तयार छौ हामी लाई सम्पर्क गर्नुहोस अब देस समाज युबा बर्ग ले हाक्ने दिन आय यो कठिन परिस्थिति मा हाम्रो समाज मा काम गर्न तयार छौ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *