पूरा हुँदै, जुम्लाबासीको उज्यालो सपना


नेपाल विद्युत प्राधिकरणको धिपधिपे उज्यालोको भरमा चलेको जुम्लाबासीको उज्यालो सपना साढे तीन वर्षपछि पूरा हुँदैछ । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँमा ९ सय ९८ किलो किलोवाटको बिजुलीको निर्माण कार्य सकिएपछि जुम्लाबासीको उज्यालो सपना पूरा हुन थालेको हो ।

अब उज्यालो जुम्ला हुने भएको छ।चुकेनी जलविद्युत सहकारी संस्थाबाट सञ्चालित आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष गोरबहादुर बुढाले बताए । विद्युतगृहमा बिजुली बलिसकेको उनको भनाइ छ । यो बिजुली जुम्ला सदरमुकाम खलंगासम्म ल्याउने गरी तार विस्तार भइसकेको बुढा बताउँछन्।विद्युतगृहमा बत्ती बलेपछि स्थानीय खुसी छन् ।

लामो समयको प्रतिक्षापछि उज्यालो सपना पूरा हुन थालेको पातारासी गाउँपालिका –१ का वडा अध्यक्ष लालसिंह ऐडीले बताए।वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अनुदान २८ करोड ४४ लाख ३० हजार रुपैयाँ र स्थानीय नागरिक ,सरकार र प्रदेश सरकारको सेयर लगानी ११ करोड गरी ३९ करोड ४४ लाख ३० हजार रुपैयाँ लगानी छ ।

नेपाल सरकारको ५ करोड भूअ कर सहयोग गरि कुल ४४ करोड ४४ लाख ३३ हजार रुपैयाँ लगानी छ । विद्युत निर्माणको लागि चुकेनी जलविद्युत आयोजनाले ६ करोड बैंक कर्जा निकालेको छ । नागरीकको शेयर २ करोड ५० लाख र पातारासी गाउककपालिकाको एक करोड र प्रदेश सरकारको एक करोड लगानी छ ।

पातारासीको काखमा निर्माण भईरहेको उक्त आयोजना फेवा कन्सल्टेन्स बुटवलले जिम्मा पाएको वैकल्पिक उर्जा नविकरणीय उर्जाका लागि जिविकोपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाहीले बताए ।

साइडमा काम गर्ने जिम्मा मेघा हाईड्रो ईन्जिनियरिङ कम्पनी वुटवलले गरिरहेको छ । विधुत गृहभित्रको म्यानुअल्लि सिस्टमको कार्य सकिएर विद्युतगृहमा बिजुली बलेको हो । अब केही दिनमा अटोमेटिक सिष्टम सुरु हुने छ ।

त्यसपछि बजार क्षेत्रमा बत्ती सप्लाईको काम गर्ने तयारी भईरहेको छ । पहलकर्ता कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारी चुकेनीले जुम्ली जनताको सानो सपना पूरा हुने भएको बताउँछन् । जुम्लाको पातारासी गाउककपालिका–१ स्थिति चुकेनीको पावरहाउसमा विधुत परीक्षण सफलता पुर्वक सकिएकोले जुम्लाबासीको प्रतिक्षाको घडी समाप्त भएको उनको टिप्पणी छ । विधुत अभाव हुदा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सहितका सरकारी सरकारी कार्यालयमा चरम समस्या भईरहेको छ ।

स्थानीय सरकारले समेत सो आयोजनाको निकै चासो राखेर समन्वय गरीरहेको छ । यता स्थानीय माया थापाले चुकेनी जुम्लाको गौरवशाली आयोजना भएकाले जुम्ला र पातारासी जनताको मुहारमा उज्यालो ल्याउने बताइन् । चुकेनीमा स्थानीय सरकार, जिल्ला समन्वय समिति, स्थानीय प्रशासन, पत्रकार तथा पत्रकारको समेत पटक पटक अनुगमन तथा निगरानी हुँदै आएको छ ।

पूरा हुँदै, जुम्लाबासीको उज्यालो सपना

गमगढीमा अखाद्य वस्तु बिक्री