२०८१ फाल्गुन २९
×

Now Playing

बराहतालको बजेटः पूर्वाधार निर्माणमा मेसिन प्रयोगमा प्रतिबन्ध

सुर्खेत, १२ असार ।

बराहताल गाउँपालिकाले पूर्वाधार निर्माणमा मेसिन प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । जनशक्तिबाट असम्भव हुने बाहेक पूर्वाधार निर्माणका काममा मेसिन प्रयोगमा प्रतिबन्ध लगाइने भएको हो । बराहताल गाउँपालिका उपाध्यक्ष शोभा कुमारी शर्माले गाउँपालिकाको छैटौं गाउँसभा २०७७÷७८ को बजेट प्रस्तुत गर्दै गाउँपालिकामा पूर्वाधार निर्माणमा मेसिन प्रयोग गर्न प्रतिबन्ध गरिने जानकारी दिएकी हुन् ।

बराहतालगाउँले आर्थिक वर्षको बजेटमा पुर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकासलाई विशेष प्राथमिकतामा राखेको छ । कृषि तथा पशुजन्य उत्पादन र उपभोगको माध्यमबाट खाद्य तथा पोषण सुरक्षामा योगदान पुराउन करेसाबारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रदेश सरकारले सुरु गरेको ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिने, कृषि उत्पादन वृद्धि गर्न साना सिंचाई कार्यक्रमलाई थप पराकिलो बनाउने, परम्परागत मौलिक स्थानीयबाली र वस्तुको विकासमा प्रोत्साहन गर्ने, अर्गानिक कृषि उत्पादन र कृषि उपजको बजारीकरणमा सहयोग गर्ने, कृषिको व्यवसायीकरण गरी रोजगारीको सिर्जना गर्ने, फलफुल, तरकारी, दुध, माछा, मासु, अण्डा र उच्च मुल्यका कृषि उपजमा पकेट क्षेत्रको प्रवर्धन गरिने उपाध्यक्ष शोभा कुमारी शर्माले जानकारी दिइन् । चक्लाबन्दीलाई प्रोत्साहन गरी व्यक्तिगत, सामुहिक वा सहकारी खेतीलाई प्रवर्धन गर्ने र सुपथ मुल्य पसल सञ्चालन गर्ने कार्यक्रमम उल्लेख छ ।

त्यस्तै, कोरोना भाइरस रोग नियन्त्रणका लागि समुदाय स्तरसम्म नै स्वास्थ्यकर्मी परिचालन गरिनेछ । गाउँपालिकाको सुरक्षित मातृत्व कार्यक्रमलाई प्रर्वद्धन गरिने, स्वास्थ्य चौकी नभएका वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने, सुनौलो १००० दिने आमा भन्ने कार्यक्रम सञ्चालन, महिला स्वास्थ्य स्वयं सेविकाहरुमा ६० वर्ष पुरा गरेकाहरुका लागी गाउँपालिकाबाट वार्षिक रुपमा उचित प्रोत्साहन रकमको व्यवस्था गरिने उल्लेख छ ।

यस्तै, ग्रामीण कृषि पुर्वाधार, संकलन केन्द्र निमार्ण तथा ग्रामीण कृषि सडक विस्तार, विद्याुत लाइन नपुगेको टोलमा ग्रामीण उज्यालो कार्यक्रम सञ्चालन, थोपा सिचाई, लिफ्ट सिँचाई, सोलार पम्पिङ, झोलेङगे पुल निमार्ण लगायतका कार्यक्रम बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै, बजेटले अन्य कार्यक्रममा राजश्व, सार्वजनिक सेवा तथा क्षमता विकास, वातावरण तथा विपद् व्यवस्थापन, शिक्षा तथा खेलकुद, लैङ्गीक समनता तथा सामाजिक समावेशीकरण, सहकारी तथा गैर सरकारी संघसंस्था, संस्कृति प्रर्वद्धन, उद्योग वाणिज्य तथा बजार व्यवस्थापन, सूचना तथा सञ्चार, खानेपानी तथा सरसफाई सडक तथा भौतिक योजना र पुर्वाधार विकास लगायतका कार्यक्रम समावेश गरेको छ ।

बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ४८ करोड चार लाख ३७ हजारको बजेट ल्याएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *