२०८१ चैत्र २
×

Now Playing

बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा

सल्यान : शारदा नगरपालिका सल्यानको पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ । बालविवाहको अवस्थामा सुधार आएपछि नगरपालिकालाई बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिकाभित्र बालविवाह गर्नेहरुको संख्यामा उल्लेख्य सुधार आएपछि जिल्लाकै पहिलो बालविवाह मुक्त उन्मुख स्थानीय तह घोषणा गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा बालविवाह न्युनीकरणको अभियान सञ्चालनपछि २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको र आगामी दिन यसलाई निरन्तरता दिन प्रहरी, जनप्रतिनिधि, स्थानीय र सरोकारवालाहरुले सामूहिक प्रतिवद्धता जनाएपछि नगरपालिकालाई बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताए ।

नगरपालिकाभित्र बालविवाह बढी हुन थालेपछि जिल्ला प्रहरी कार्यालय र नगरपालिकाले ज्योतिषी, जैशी, छापाखाना तथा विभिन्न पक्षहरुसँग छलफल गर्दै आइरहेको छ । कानुनी रुपमा दण्डनीय अपराधको रुपमा रहेको बालविवाहलाई अन्त्य गर्न सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने अधिकारीको भनाइ छ ।

बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा

उपसभामुख छान्न हम्मे

Leave a comment

Your email address will not be published. Required fields are marked *