बिल नभएको अवैध सामान बरामद
सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चु ईलाका प्रहरी कार्यालयबाट अवैध सामान बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज बाट जुम्ला तर्फ जाँदै गरेको ना ४ ख ९३२४ न.को बस लाई चेकजाज गर्दा कुनै पनि बिल भरपाई नभएको अवैध सामान फेला बरामद गरेको हो ।
ओसारपसार गरी ल्याएको चिनि अन्दाजी चार सय के.जि. फेला पारी बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।