बिहेमा नाच्न नदिँदा कुटपिट गरी युवकको हत्या
काठमाडौं, ६ पाैष ।
पर्सामा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। जिराभवानी गाउँपालिका–४ ठेकरीया बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। उनी बुधबार बिहान ४ बजे घरमा गम्भीर अवस्थामा भेटिएका थिए। उनलाई सोही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा कुटपिट गरेको भन्ने खबर प्रहरीले पाएको थियो।
खबर पाएपछि नजिकैको प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य कमान्डको टोली खटिएको थियो।
उक्त टोलीले घाइते सैमुल्लाहलाई नारायणी अस्पताल वीरगन्जमा पु¥याएका थिए। त्यहाँ पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। डिएसपी दीपक गिरीका अनुसार घटना गएराति ११ बजे भएको थियो। साबिर राउतको विवाहमा सैमुल्लाह पनि गएका थिए।
सैमुल्लाहले विवाहमा नाचगान गरिरहेका व्यक्तिलाई नाच्न नदिएको प्रहरीले जनाएको छ। त्यसरी विवाद हुँदा सोही ठाउँका जाजुल राउत गद्दी समेतले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी गिरीले बताए। यस घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।
सेताेपाटी