भूकम्प प्रभावित क्षेत्रमा पठनपाठन सञ्चालनको तयारी
सोमवारदेखि देशभरका विद्यालयहरुमा पठनपाठन सुचारु हुदैछन् । दशैं तिहार लगायतका चाडपर्वका कारण रोकिएका पठनपाठन क्रियाकलापहरु सोमवार देखि शुरु हुने भएका हुन् । यता जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित स्थानहरुमा समेत सोमवार देखि नै विद्यालयहरु सञ्चालन गर्ने तयारी गरिएको छ ।
जाजरकोटको नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख बलविर विकले भने, ‘सोमवार देखि नै पालिकाका सबै विद्यालय सञ्चालनमा ल्याउने योजना छ । विद्यालय परिसरमा सबै शिक्षक तथा कर्मचारीहरु उपस्थित हुनेछन् ।’
भूकम्पले विद्यालयमा भवनहरुमा क्षति पु¥याएको छ । कयौं विद्यालयका भवनहरु अहिले पनि कक्षा सञ्चालनका लागि सुरक्षित छैनन् । विकले भने, ‘पालिकामा विद्यालयका केहि भवन सुरक्षित समेत छन् । सुरक्षित भवनहरुमा पठनपाठन शुरु हुन्छ ।’ अन्य स्थानमा विद्यालय सञ्चालन भएपनि पठनपाठन क्रियाकलाप सञ्चालन हुन भने समय लाग्ने उनले जानकारी दिए ।
त्रिपाल तथा टेन्टमा भएपनि एक साता भित्र भूकम्पले क्षति पुगेका सहितका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन क्रियाकलाप सञ्चालन भईसक्ने उनले जानकारी दिए ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण ४० हजार बढी विद्यार्थी प्रभावित भएका थिए । जाजरकोटमा ७५ हजार आठ सय ५३ जना विद्यार्थी मध्ये २२ हजार सात सय ५९ विद्यार्थी प्रभावित भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । त्यसैगरी रुकुम पश्चिममा ५७ हजार आठ सय ३४ जना विद्यार्थी मध्ये १७ हजार तीन सय ५१ जना विद्यार्थी भूकम्पका कारण प्रभावित भएका छन् । जाजरकोटमा चार सय २३ र रुकुम पश्चिममा तीन सय १३ वटा विद्यालयहरु सञ्चालनमा छन् ।
६७ विद्यार्थीको मृत्यु, ७१ घाईते
भूकम्पका कारण ६७ विद्यार्थीको मृत्यु र ७१ जना विद्यार्थी घाईते भएका थिए । जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको थियो भने ३५ जना विद्यार्थी घाईते भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । त्यसैगरी रुकुम पश्चिममा ३५ विद्यार्थीको मृत्यु र ३६ विद्यार्थी भूकम्पका कारण घाईते भएका थिए ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण एक जना शिक्षकको मृत्यु र दुई जना शिक्षक घाईते भएको मन्त्रालयको तथ्यांक छ ।
१० हजार विद्यार्थीलाई पाठ्य पुस्तक आवश्यक
भूकम्प प्रभावित स्थानमा सबै विद्यार्थीहरुसँग पाठ्य पुस्तक उपलब्ध छैन । यस अवस्थाले विद्यालयमा पठनपाठन सञ्चालनमा समेत कठिनाई सिर्जना हुन्छ ।
एक साता भित्र जाजरकोट र रुकुम पश्चिमा पठनपाठन सञ्चालन गर्न १० हजार विद्यार्थीका लागि पाठ्यपुस्तक आवश्यक पर्ने सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयको शैक्षिक योजना शाखाका अधिकृत बलविर सुनारले भने, ‘पठनपाठन शुरु गर्न १० हजार सेट किताव आवश्यक छ । त्यसैगरी चार सय ५० स्थानमा अस्थायी शौचालय निर्माण आवश्यक रहेको देखिन्छ ।’
४० हजार विद्यार्थीका लागि सोहि मात्रामा विद्यार्थी किट समेत आवश्यक रहेको उनले जानकारी दिए ।
विद्यालयका भवनमा क्षति भएका एक हजार पाँच सय १८ स्थानहरुमा अस्थायी सिकाइ केन्द्र समेत निर्माण आवश्यक रहेको उनले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयले गैरसरकारी संस्थाहरुसँगको समन्वयमा पठनपाठन क्रियाकलाप सुचारु गराउन भूकम्प प्रतिकार्य योजना समेत बनाइएको छ ।
यस योजना अन्र्तगत मन्त्रालयले युनिसेफ, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनल, स्याक नेपाल लगायतका संघ संस्थाहरुसँगको समन्वयमा विद्यार्थीलाई किट उपलब्ध गराइने छ । त्यसैगरी शिक्षकहरुलाई क्षमता अभिवृद्धि, पालिका स्तरमा शिक्षा समुह गठन, बालबिकासमा किटको उपलब्धता लगायतका क्रियाकलापहरु योजनामा रहेका छन् ।
२०८ विद्यालय भवनमा पूर्ण क्षति
जाजरकोट र रुकुम पश्चिममा दुई सय आठ वटा विद्यालय भवनमा भूकम्पका कारण पूर्ण क्षति पुगेको छ । त्यसैगरी चार सय १८ विद्यालय भवनमा भूकम्पका कारण आंशिक क्षति पुगेको सामाजिक विकास मन्त्रालयको शैक्षिक योजना तथ्यांक तथा अनुसन्धान शाखा अधिकृत बलविर सुनारले जानकारी दिए ।
जिल्लागत हेर्दा जाजरकोटमा मात्र एक सय ७३ विद्यालय भवनमा पूर्ण क्षति र चार सय आठ वटामा आशिंक क्षति पुगेको छ । त्यसैगरी रुकुम पश्चिममा ३५ विद्यालय भवनमा पूर्ण क्षति र १० वटा भवनमा आंशिक क्षति पुगेको सुनारले जानकारी दिए ।
विद्यालयका शौचालय तर्फ पनि दुई सय ६९ वटा शौचालयमा भूकम्पका कारण पूर्ण क्षति पुगेको छ । एक सय ९० शौचालयमा आंशिक क्षति पुगेको छ ।
भूकम्पले विद्यालयका भवन मात्र होइन घेरावार, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा ल्यावहरुमा समेत असर पु¥याएको छ । भूकम्पका कारण ४३ विद्यालयको घेरावारमा पूर्ण क्षति पुगेको छ भने ६१ मा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।
त्यसैगरी पाँच वटा विज्ञान प्रयोगशाला, दुई वटा आईसिटी ल्याव, एक वटा सौर्य ऊर्जामा पूर्ण क्षति पुगेको छ ।
भूकम्पले विद्यालयका भवन मात्र होइन घेरावार, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा ल्यावहरुमा समेत असर पु¥याएको छ । भूकम्पका कारण ४३ विद्यालयको घेरावारमा पूर्ण क्षति पुगेको छ भने ६१ मा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांक छ ।
त्यसैगरी पाँच वटा विज्ञान प्रयोगशाला, दुई वटा आईसिटी ल्याव, एक वटा सौर्य ऊर्जामा पूर्ण क्षति पुगेको छ ।