२०८१ चैत्र ३
×

Now Playing

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेबाट शाही र कांग्रेसबाट भण्डारीको उम्मेदवारी दर्ता


यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् । यहाँ नेकपा एमालेबाट जंगबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्न एमालेको केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता र कार्यकर्ताहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

यस्तै नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट जंग बराल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रकाश कुमार बुढा र नेकपा समाजवादीबाट जगत हमालले उम्मेदवारी दर्ता गराएका छन् ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दुल्लु नगरपालिका–१३ को वडाध्यक्षका पदका लागि उपनिर्वाचन हुँदैछ ।