२०८१ चैत्र ३
×

Now Playing

मुख्यमन्त्री राजकुमार शर्माको तीन महिने कार्य प्रगति सार्वजनिक

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कार्य प्रगति सार्वजनिक गरेका छन् ।

मंगलवार पत्रकार सम्मेलन तथा वडादशैको शुभकामना दिदै चालु आर्थिक वर्ष २०८०-०८१ को साउन १ गतेदेखि हालसम्मको त्रैमासिक अवधिमा कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु, सचिवालय तथा आयोगहरुबाट सम्पादन भएका कार्यहरुको बारेमा मुख्यमन्त्री राजकुमार शर्माले तीन महिने कार्यप्रगति सार्वनजिक गरेका छन् ।

न्यूजेट र जनशक्तिको अभावमा पनि कर्णाली प्रदेश सरकार कर्णालीका जनताहरुको आर्थिक सम्पन्नता र सामाजिक न्यायका लागि सुख र खुशी ल्याउन तिब्र रुपमा खटिएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकरमार शर्माले बताए । समस्याको समाधान गर्न निरन्तरताको कामको सन्दर्भमा अगाडी बढिरहेको बताए ।

आर्थिक वर्षको स्विकृत वार्षिक कार्यक्रमहरु निर्देशनालय, प्रदेश र जिल्ला स्थित कार्यालयहरुबाट कार्यसम्पादन हुने र प्रदेश सरकारबाट नियमित अनुगमन निरीक्षण गरिएको बताए ।

विपद्क्षेत्रको अनुगमन र व्यवस्थापनमा बाढी, पहिरो, चट्याङ्, आगालागी पिडितको विवरण संकलनको काम भईरहेको बताए । अतिबृष्टी र हुरीबतासबाट क्षति भएका किसानहरुलाई ६ करोड राहत उपलब्ध गराउने निर्णय भई कार्यान्वयन भईरहेको बताएका छन् ।
कर्णाली प्रदेशविनियोजन ऐन, कर्णााली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान एन प्रदेश सभाबाट पारित भएको बताए ।

यसैगरी १० वटा नियमावलीहरुको निमार्ण भएको बताए । जसमा कार्णाली प्रदेश सहकारी नियमावली, कर्णाली प्रदेश प्रसारण (पहिलो संशोधन) नियमावली, कर्णाली प्रदेश स्वास्थ्य सेवा नियमावली, कर्णाली प्रदेश वन नियमावली लगाएतका नियमावली निमार्ण भएको जानकारी दिएका छन् । साउनदेखि हालसम्म तीन सय ६० जना प्रदेश तथा स्थानीय तहमा सहायकस्तरका कर्मचारीहरु नियुक्तिका लागि सिफारिस गरेको बताए ।

सरकारलाई उत्तरदायी बनाउनका लागि प्रदेश सरकारले सम्पादन गरेका कार्यहरुलाई मुख्यमन्त्री शर्माले ४४ बुदाँमा समावेश गरेर मंगलवार कार्यप्रगति सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राजकुमार शर्माको तीन महिने कार्य प्रगति सार्वजनिक

हिमा नदीमा एक जना महिला वेपता