मुख्यमन्त्री शाह र प्रधान सेनापति सिग्देलबीच भेट
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलबीच आज धनगढीमा भेटवार्ता भएको छ ।
भेटमा दुवैबीच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताए ।
भूतपूर्व सैनिक सम्मेलनमा सहभागी हुन सुदूरपश्चिमको कैलाली पुगेका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटवार्ता भएको हो । सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन भइरहेको छ ।