यहि चैत २६ गते ‘गुर्भाकोट वाङ्मय गोष्ठी २०८०’ हुँदै
सुर्खेतको गुर्भाकोट नगरपालिकामा यहि चैत २६ गते ‘गुर्भाकोट वाङ्मय गोष्ठी २०८०’ हुने भएको छ ।
कर्णाली प्रदेशमै पहिलोपटक पालिकास्तरमा हुन लागेको ‘गुर्भाकोट वाङ्मय गोष्ठी २०८०’ गुर्भाकोट नगरपालिकामा पहिलो पटक राष्ट्रिय र स्थानीयस्तरका प्रसिद्ध साहित्यकार र श्रष्टाहरुको सहभागीतामा संचालन हुन लागेको हो ।
गुर्भाकोट नगरपालिकाको सहयोग र कर्णाली वाङ्गय प्रतिष्ठानको आयोजनामा गुर्भाकोट नगरपालिकाकाको मेहेलकुना स्थित सिटि हलमा कार्यक्रम हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रमको उद्धघाटन पूर्व उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्नेछन् । कार्यक्रमा विभिन्न विधाका साहित्यिक रचना वाचन हुनुका साथै स्थानीय कला र साँस्कृतिक प्रस्तुति हुने छन् ।
यसका साथै नृत्य प्रस्तुति पनि रहनेछ भने, उक्त कार्यक्रमा कलाकारहरुको गीत प्रस्तुति समेत रहने जनाइएको छ ।