२०८१ चैत्र ३
×

Now Playing

युवामा जागरण नआए परिवर्तन सम्भव छैन


नेपालमा पहिलो पटक २००८ सालको जेठ महिनामा द्वारिकादास श्रेष्ठको अध्यक्षतामा कम्युनिस्ट र कांग्रेसको सामिप्यतामा नेपाल युवक संगठनको स्थापना भएको थियो । पछि गएर नेपाल युवक संगठन नेपाल कम्युनिष्ट पार्टीसँग निकट हुन थाल्यो । २०१२ सालसम्म आइपुग्दा नेपाल युवक संगठनले आफूलाई कम्युनिस्ट पार्टीसँग पूर्ण निकट हुने गरी योङ कम्युनिष्ट लिगमा रुपान्तरण गरिसकेको थियो । तर, २०१९ सालदेखि कम्युनिस्ट पार्टी भित्र भएको फुट र विभाजनका कारण योङ कम्युनिष्ट लिग प्रभावकारी काम गर्न नसक्ने अवस्थामा पुग्यो ।

जब २०१७ साल पुष २२ गतेबाट राजा महेन्द्रले निर्दलीय पंचायती व्यवस्था सुरु गरे नेपाली युवा आन्दोलन प्रजातान्त्र प्राप्तिको निम्ति पुनः आन्दोलनको मैदानमा होमिएको थियो र त्यसले २०३६ सालमा विशाल जन आन्दोलनको रुप लियो । फलस्वरुप २०३६ जेठ १० गते पंचायती व्यवस्था र वहुदलीय व्यवस्था विच जनमत संग्रहको घोषणा भयो । २०३७ वैशाख २० गते सम्पन्न संग्रहको नतिजा २०३७ जेठ १ गते आयो र उक्त नतिजा पंचायती व्यवस्थाको पक्षमा थियो । युवा संगठनको खाँचो महसुस गरि नेकपा चौथो महाधिवेशन समूहले २०३८ मंसिरमा कमरेड पुष्पकमल दाहालको अध्यक्षतामा अखिल नेपाल जनवादी युवा लिग गठन गरी पार्टीको सहायक संगठनका रुपमा युवा संगठनलाई क्रियाशील गराउन थाल्यो ।

२०४६ सालको संयुक्त जनआन्दोलनको वाममोर्चामा युवाको सर्वाधिक भूमिका थियो, १६ देखि ४० वर्षे युवाको सहभागिताले नै जनान्दोलन सफल हुन सकेको थियो । अनेरास्ववियुले २६ वर्षसम्मको युवाको नेतृत्वमा दाई भूमिका खेल्ने र २६ देखि ४० बर्ष समुहका युवाहरुलाई समेट्नु पर्ने वाञ्छन्य भएकाले नेकपा (माले)ले युवालाई छुट्टै संगठनका रुपमा क्रियाशील गराउने नीति अख्तियार ग¥यो ।

ठीक यही बेला युवा आन्दोलनलाई भने पुनर्गठित गर्ने सोच गरि तत्कालीन माले महासचिव जननेता भण्डारीको प्रस्तावमा २०४७ जेठ १ गते केपी शर्मा ओलीको नेतृत्वमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल गठन भयो । उनै ओलीले गठन गरेको युवा संघले जेठ १ गते ३५ औं बार्षिकोत्सव अबसरका राष्ट्रिय युवा संघ कर्णाली प्रदेशका अध्यक्ष जीवनबहादुर शाहीसँग हाम्रा संवाददाता रमेश रावलले गरेको कुराकानीको सारसंक्षेप ः

राष्ट्रिय युवा संघको स्थापना दिवस कसरी मनाउँदै हुनुहुन्छ ?
हामीले खास गरी राष्ट्रिय युवा संघ नेपालको २०४७ साल जेष्ठ १ गते देशभक्त, प्रगतिशिल, जनवादी युवाहरुलाई गोलबन्द गर्दै राष्ट्रिय आकांक्षा पुरा गर्नको लागी हालका सम्माननिय प्रधानमन्त्री एवंम नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तत्कालिन अवस्थामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ) हाल राष्ट्रिय युवा संघ नेपाल गठन भएको थियो । विभिन्न काल खण्डमा यसको नाममा परिवर्तन गर्दै युवा संघ नेपाल र हाल राष्ट्रिय युवा संघ नेपालको नामले परिचित छ ।

हामीले पछिल्लो चरणमा युवाहरुमा पढ्ने बानीको विकास र आम युवाहरुमा उद्यमशिलता विकास गर्न आवश्यक छ । अहिलेको युवाहरु सतही मानसिकतामा रुमलीरहेको छ । त्यसलाई हाम्रा नीति तथा कार्यक्रमले बदल्नुपर्छ भन्ने हाम्रो रणनीति रहेको छ ।

कर्णालीमा बिषेश गरी हामीले युवा बर्हिगमन चरम अवस्थामा रहेको छ । कर्णालीमा रहेको प्रचुर स्रोत र साधन रहेको छ । यसको सदुपयोग गरेर कर्णालीमा नै युवाहरु राख्ने योजना रहेको छ । पछिल्लो चरण भनौं अथवा पुस्तौदेखि रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको छ । अहिलेको पुस्ता खाडी तथा मलेसिया जानुपर्ने बाध्यता रहेको छ । विदेशका तिर आर्कषित भइरहेको अवस्था रहेको छ । त्यसलाई हटाएर यही रोजगारका अवसर जुटाउन आवश्यकता रहेको छ ।

त्यो अवस्थालाई यहिको स्रोत साधन प्रयोग गरेर यही बस्ने अवसर सिर्जना गर्ने उद्देश्यले युवा संघको स्थापना दिवसका अवसरका एउटा बिचार मन्थनको कार्यक्रमको आयोजना गर्दैछौ । पछिल्लो चरणमा युवाहरुमा पढ्ने बानीको कमी बैचारिकतामा कमी देखिएका कारणले हामीले सबै पार्टीका युवाहरुलाई बोलाएर बिचारको मन्थन गर्ने कार्यक्रम राखेका छौं । यसका सबै पार्टीका युवा विद्यार्थी साथीहरुलाई बोलाएका छौं । यसले एउटा बिचार मन्थन मात्र नभएर एउटा बाटो तय गर्नेछ भन्ने हामीले लक्ष्य राखेका छौं ।

खासमा युवाहरुलाई राजनीतिक दलहरुले चुनावका बेला र अरु बेला हुल इज्जत गर्ने संगठनका रुपमा प्रयोग गर्दै आएको भन्ने आम रुपमा आरोप लाग्दै आएको छ । यसलाई चिर्न युवा संगठनहरु सिर्जनशिल हुन आवश्यक छैन् र ?

आम राजनीतिकमा लागेका युवाहरुलाई बुझ्ने चलन जुन छ । त्यसलाई हामीले बदल्न चाहेका छौं । युवा संगठनको जन्म आफैमा महत्वपूर्ण रहेको छ । युवाहरुले प्रजातन्त्र स्थापना आफैमा महत्वपूर्ण कार्य थियो । जहानियाँ राणा शासन अन्त्य पछि प्रजातन्त्र स्थापना । प्रजातन्त्रको सवुल अन्त्य पछि पंचायत व्यवस्थाको शुरुवात । त्यसको अन्त्य पछि प्रजातन्त्रको स्थापना । प्रजातन्त्रको स्थापना पछि १० वर्षे शसस्त्र संघर्ष । विच मै फेरि र्निदलिय जहानियाँ शाही शासनको शुरुवात । केहि समय पछि लोकतान्त्रको घोषणा । संविधान सभाको निर्वाचन ।

निरंकुश राजसंस्थाको अन्त्य लोकतान्त्रिक गणतन्त्रको स्थापना । मधेश आन्दोलन । जातिय, क्षेत्रीय आन्दोलन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको घोषणा । यी २००७ साल पछिका राजनैतिक घटनाक्रमहरु हुन् । यि परिवर्तनहरुमा तत्कालिन अवस्थाका नेपाली युवाहरुले आफुलाई महत्वपूर्ण भूमिकाको रुप स्थापित गरे । तिनैको बलमा यि परिवर्तनहरु संम्भव भयो । विचार र संगठनको हिसाबले त्यसको अगुवाई २०४६ सालपछि हालको राष्ट्रिय युवा संघ नेपालले गर्दै आयो । यसको झण्डा मुनि हजारौं युवाहरु गोलवन्द भए । परिवर्तनको खातिर आफुलाई पुर्वानि दिनको लागी तयार भए । त्यसको उपलव्धीको उपभोग अहिले नेपाली समाजले गरिरहेको छ ।

माओले भने जस्तो ‘हे युवा हो यो संसार तिम्रो पनि हो हाम्रो पनि हो अन्तिममा यो संसार नवयुवाहरुको नै हो’ । यो भनाईलाई राष्ट्रिय युवा संघ नेपालले मनन् गरेको छ । त्यसैले नेपाली युवाहरुलाई राजनीतिमा गोलवन्द गर्दै सुनौलो भविश्यको कल्पनाका साथ आफ्नो समाजवादको अभियानलाई अगाडी वढाएको छ ।

२०४६ सालको प्रजातन्त्रको स्थापना पछि नेपालको प्रगतिशिल जनमतलाई एकिकृत गर्ने काम महत्वपुर्ण थियो । जुन यसको नेतृत्वमा सम्भव रह्यो । द्धन्द्धमा रहेको शक्तिलाई विश्वासमा लिदै बाम लोकतान्त्रिक शक्तिको बलमा नै सामन्तवाद (राजसंस्था) को समुल अन्त्य गर्नु एउटा प्रमुख काम थियो त्यो पनि सम्पन्न भयो ।

यो काममा संघले युवाहरुलाई परिचालन गरि जनदवाव सृजना गर्ने काममा महत्वपुर्ण भुमिका निर्वाह गर्यो । यस महानअभियानमा यसले खेलेको महत्वपूर्ण भुमिकाको कारणले नेपालको राजनीतिमा नेता संगठनको रुपमा स्थापित भयो । सांगठनिक र वैचारिक हिसावले कतिपय संगठनहरुको लागी यो पाठशालाको रुपमा नै स्थापित भयो ।

युवाहरुलाई बिचार मन्थनको पढ्न संस्कृती विकास गर्न लाग्नु भएको छ यसको उद्देश्य के हो ?
हामीले कर्णालीलाई कसरी कर्णालीको खुट्टामा उभ्याउन चाहन्छौं । कर्णालीका रोग छ । भोग छ गरिबी छ भन्ने मान्यता जुन छ । त्यसलाई मेटाउनका लागि लागि परेको छौं ।

कर्णालीका बिषयमा जो कसैले पनि लेख, रचना, अनुसन्धान र जे विषय उठान गर्दा पनि यो देश अर्ध औपनिवेशिक छ भन्ने मान्यतालाई स्थापित गर्नको लागी विभिन्न माध्यम र श्रोतहरुको परिचालन गर्ने काममा लागि परेका छौं ।

कर्णालीको प्राकृतिक श्रोत र साधनको उपभोग गर्ने अधिकार कर्णाली र कर्णालीको नै हो । भन्ने मान्यतालाई स्थापित गर्दै कर्णाली युवाहरुमा राष्ट्रियताको विषयमा हिमाल, पहाड र तराईमा जागरण ल्याउने । आत्मनिर्भर स्वाधिन मुलुक हो भन्दै देशभक्ती जनमतको सृजना गर्ने काममा यो संगठन अग्रणी मोर्चामा रहेको छ ।

युवाहरुको बैदेशिक पलयान रोक्न के गर्नुपर्छ जस्तो लाग्छ ?
खास गरी नेपालमा बढ्दै गएको युवा बेरोजगारितालाई यसले जहिले पनि महत्व दिँदै आएको छ । नेपालमा प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा रोजगारीको लागी जनशक्ति बजारमा आउने गर्दछ । यो जनशक्तिलाई देशमा नै रोजगारी दिनु पर्ने विषयलाई यसले आफ्नो मुद्दा बनाउदै आयो ।

आज ६० भन्दा बढि देशका मानिसहरु नेपालको विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । त्यसमा पनि भारतवाट मात्र वर्षेनि खुला सिमा नाकावाट दुई लाख भन्दा वढि युवाहरु कामको सिलसिलामा नेपालमा आउने गर्दछन् भने नेपालवाट कामको शिलसिलामा विदेश जानेको संख्या करिव वर्षमा चार लाखभन्दा बढि रहेको तथ्यांकले देखाउछ ।

अन्य मुलुकवाट नेपालमा आउने र नेपालवाट अन्य मुलुकमा जाने यो अवस्था र नेपालमा नै उत्पादन भएको जनशक्ति नेपालमा नै खपत गर्नको लागी थप बैकल्पिक विविध योजनाहरुको विषयमा सरकार र सम्वन्धीत पक्षसँग पहल कदमी गर्ने र थप रणनीतिक योजना बनाउने काममा सहयोग र दवाव मुलक गतिविधिहरु संचालन गर्दै आईरहेको छ । जसको कारण संविधानमा मौलिक हक अन्तर्गत नै रोजगारीको ग्यारेण्टीको कुरा राख्न सफल भएको छ । सरकारले हाल युवाहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । जुन हाम्रो आन्दोलनको अर्को उपलब्धी हो । त्यसैले संघ रोजगारी र जनजिविकाको विषयमा अरुभन्दा फरक तवरवाट जिम्मेवार तरिकाले लागी परेको छ ।

अबका दिनका युवाहरुको भूमिका के हो ?
युवा संघ जसलाई राजनैतिक संगठनले गर्नु पर्ने दायित्व भित्र पर्दछन् । आजको समाज विश्व भुमण्डलीकरणले गाँजेको समाज हो । हाम्रो प्रतिस्पर्धी हामी र हाम्रो समाज भित्र मात्र छैन । संसारको हरेक देश, समाज र व्यक्ति पनि हाम्रो लागी चुनौति र अवसर दुवै रुपमा आउन सक्छन् । त्यस कारण हामी र हाम्रा राजनैतिक संगठन र त्यसका नेता तथा कार्यकर्ता पनि त्यहि ओझका साथ अगाडी बढ्नु पर्ने हुन्छ ।

हामी विश्व समाजलाई पनि केहि समय पछि कुनै न कुनै तवरवाट नेतृत्व गर्न सक्दछौं । सो अनुसारको दक्ष जनशक्ति उत्पादनमा हाम्रो ध्यान जाने छ । त्यस्तो खालको राजनैतिक प्रणाली र दिर्घकालिन सोच भएको नेतृत्व नेपाली समाजले खोजेको छ । हामीले सो सोच र समाजले खोजेको जस्तो हुन नसक्ने हो भने राजनैतिक शक्तिहरु यस धर्तिमा कति अस्तित्वमा आए कति विलाएर गए तिनको कुनै लेखाजोखा छैन । त्यस कारण समाजले अग्रगमन खोजेको हुन्छ । सो अनुसार राजनैतिक शक्ति र नेतृत्वले पनि सोच्नु र परिवर्तन हुनु पर्दछ ।

कर्णाली प्रदेश सरकारले युवाका बिषयमा काम गरे जस्तो लाग्छ ?
यसभन्दा अघिल्ला सरकारले खासै काम गरेको देखिएको छैन् । अहिले कर्णालीमा आम मान्छे रुचाएको नेतृत्वमा सरकार बनेको छ । हाम्रै पार्टीको नेतृत्वमा तथा हाम्रा आम रुचाएका नेता यामलाल कँडेलको नेतृत्वका सरकार बनेको छ । उहाँले युवाका बिषयमा काम गर्नुहुनेछ विश्वास गरेका छौं । यसभन्दा अघिल्ला सरकारले नगरेका काम उहाँका नेतृत्वमा अगाडी बढ्ने छन् भन्ने अपेक्षा गरेका छौं ।