यूएसआईडीद्धारा चौकुनेमा जलिय परिस्थितिक प्रणाली सुधार परियोजना
यूएसआईडीको आर्थिक सहयोगमा चौकुने गाउँपालिकामा जलिय परिस्थितिक प्रणाली सुधार परियोजना संचालन भएको छ ।
अमेरिकी सहयोग निकाय यूएसआईडीको आर्थिक सहयोगमा संचालित जल जंगल परियोजना अन्तरगत प्रो पब्लिकद्रारा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको चौकुने गाउपालिकामा संचालन हुने दिगो मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको १ दिन परियोजना सुआरम्भ तथा सरोकारवालाहरुलाई जानकारी दिइएको छ ।
चौकुने गाउपालिकाका उपाध्यक्ष नरबहादुर वान्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा चौकुने गाउपालिका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिकामा कार्यरत कर्मचारी, जल जंगल एबम प्रो पब्लिकका कर्मचारी एबम अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सो पालिकामा संचालन हुने दिगो मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको उदेश्य एवम् क्रियाकलापहरुको बारेमा प्रो पब्लिकका महासचिव प्रकाश दाहाल एबम कार्यकारी निर्देशक बाबुराम पौडेलले प्रस्तुती गरेका थिए, भने मत्स्य विज्ञ राजकपुर नापितले माछा एबम अन्य जलचरहरुको जलिय परिस्थितिय प्रणालीमा के कस्तो महत्व छ र यस लाई थप कसरी संरक्षण गरि दिगो संरक्षण गर्नुका साथै उपयोग गर्न सकिन्छ भनि सहभागी माझ प्रष्टाएका थिए ।
सोही कार्यक्रममा उपस्थित जल जंगलका प्रतिनिधि बिनोद कुमार शाहीले सम्रग जल जंगलको जानकारी दिदै यस पालिका भित्र रहेका जैविक विविधता संरक्षणका लागि आगामी दिनमा गाउपालिकासंग थप सहर्काय एबम समन्वय गदै अधि बढ्ने प्रतिवद्दता ब्यतm गर्दै , हाल संचालन हुन गईरहेको बताए ।
यो परियोजना स्थानिय समुदाय, गाउपालिका, प्रो पब्लिक एवम अन्य सरोकारवालाहरुको समन्वयमा परियोजनाले लिएको लक्ष्य प्रात गरि यसबाट यस क्षेत्र हरेका गरिब एवम बिपन्न समुदायका मानिसहरुले सकारात्मक लाभ लिन सफल रहुन भनि शुभकामना ब्यतm गरे ।
कार्यक्रममा सम्रग पालिकाको तर्फबाट बोल्दै गाउपालिका उपाध्यक्ष नर बहादुर वान्तोलाले चौकुने गाउपालिका सुर्खेत जिल्लाको अन्य पालिकाको तुलनामा जलिय एबम अन्य जैविक विविधताको हिसाबले धनि भएता पनि सरोकारवालाहरुले उचित संरक्षणका क्रियाकलापहरु यस क्षेत्रमा कम संचालन गरेको हुनाले दिदानुदिन मासिदै गईरहेको बताए ।
यसको उचित संरक्षणमा सबै लाग्नु आजको आबश्यकता भएको हुनाले अहिले सोही उदेश्यका लिएर यो परियोजना संचालन हुन गईरहेको हुनाले आफ्नो पालिकाका सम्र्पुण समुदाय, कमर्चारी एबम जन प्रतिनिधीहरुले यस परियोजना संचालनमा पुर्ण सहयोग गर्ने प्रतिबद्दता ब्यतm गरेका थिए ।