रूकुममा पत्रकार आचारसंहिता अन्तरक्रिया
रूकुम पश्चिम,६ पाैष ।
जिल्ला सदरमुकाम खलंगामा बुधबार पत्रकार आचारसंहिता, पत्रकारिता वर्गीकरण एवं मिडिया विकास कोषको सुविधासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा पत्रकार आचारसंहिताको विषयमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुरप्रसाद बेल्वासे, पत्रपत्रिका मूल्याङ्कन र वर्गीकरणका विषयमा काउन्सिलका बोर्ड सदस्य शरद अधिकारी र मिडिया विकास कोषको सुविधाका विषयमा काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले प्रस्तुतीकरण गरेका थिए ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ रूकुम–पश्चिमको संयोजनमा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता थियो ।
कान्तिपुर