२०८१ चैत्र २
×

Now Playing

‘रूस र बेलारुसले बाह्‍य खतरामा बस्‍ने बानी बसाल्नुपर्छ’

एजेन्सी । रूस र बेलारुस एक स्थायी बाह्य खतरामा बस्न बानी पर्नुपर्ने रुसी राष्ट्रपतिका प्रेस सचिव तथा प्रवक्ता दिमित्री पेस्कोभले बुधबार बेलारूसको एक टेलिभिजनमा बताएका छन्।

‘एकसाथ र छुट्टिएर हामी (बेलारस र रसिया) सदाका लागि अरु देशका हमलाबाट लक्षित छौं। बाह्य वातावरण आक्रामक, वैरभावपूर्ण भएको बेलामा हामीलाई केवल बाह्य खतराको स्थितिमा बस्नपर्ने भएको छ,’ उनले भने । पेस्कोभले मस्को वा मिन्स्कको जोखिमले अर्को देशलाई पनि खतरामा पार्न सक्ने पनि बताए।

बुधबार रूसी संसदलाई आफ्नो राष्ट्रिय सम्बोधनमा बेलारुसको अवस्थामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा क्रेमलिन प्रवक्ताले बताएका थिए।

पेस्कोभले भने कि राष्ट्रपतिले अन्य देशहरूले कसरी शत्रुतापूर्ण नीतिहरू देखाउन सक्छन् भनेर प्रदर्शन गर्ने निर्णय गरे। उनले भने, ‘बेलारुस र हाम्रो देशलगायत विश्वका अन्य धेरै देशले यस वैमनस्यपूर्ण नीतिको सामना गरेका छन्। तर त्यस्ता अभिव्यक्तिहरूलाई रोक्न केही देशहरू मात्र सक्षम छन् ।’

आफ्नो मुलुकमाथि बाह्य सैन्य शक्तिबाट खतरा भएको खण्डमा सुरक्षा सहयोग गर्न रुस सहमत भएको बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले बताएका बताएका थिए ।

गत अगस्टको ९ तारिखमा भएको निर्वाचनलाई लिएर राष्ट्रपति लुकाशेन्काविरुद्ध प्रदर्शन भइरहेका बेला यस्तो समाचार आएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *