लघुवित्तका चुनौती र समाधान
वर्तमान समयमा वित्तिय क्षेत्रमा दिनानु दिन नयाँ घटनाक्रमहरु देखा परिरहेका छन् । त्यस्तै राष्ट्रबैंक द्धारा घ वर्गको ईजाजत प्राप्त वित्तिय संस्था लघुवित्त क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेका छन् । जस्तै लघुवित्त संङ्घर्ष समिति त कहिले कर्जा मिनाहको आश्वासन, कहिले कर्मचारीलाई कुटपिट त कहिले लघुवित्त सदस्यलाई हातपात र गालीबेईज्जती ।
उल्लेख गरिएका घटनाहरु त फगत उदाहरण मात्रै हुन । मुख्य कुरा नियमन निकायको नीति र मोडेलमा प्रश्न चिह्न खडा भएको छ । लघुवित्त कार्यक्रम अहिले राष्ट्रिय स्तरका ४ वटा, प्रदेश स्तरिय ४२ वटा र जिल्ला स्तरिय ११ वटा गरी कुल ५७ वटा लघुवित्त वित्तीय संस्थाले लघुवित्त कार्यक्रम गरिरहेका छन् । यद्यपी विभिन्न सहकारी तथा संघ संस्थाहरुले पनि यो कार्यक्रम सञ्चालन गरिरहेको कुरा सबैमा सर्बविदितै छ । झण्डै ५७ लाख ५१ हजार भन्दा बढी घरपरिवार लाभान्वित भएको र ४३४ अरब ५५ लाख भन्दा माथी कर्जा लगानी गरिरहेका लघुवित्त क्षेत्रमा कसरी यस्ता समस्याहरु देखा परे होलान ?
लघुवित्तको उद्देश्य ग्रामीण क्षेत्रका महिलाहरुलाई शिक्षित बनाउने, वित्तिय साक्षरता दिने, वित्तिय पहुँचमा जोडेर सिप सिकाएर उद्यमशिलतामा परिणत गर्ने जस्ता महत्वपूर्ण कुराहरु भन्दा विपरित लघुवित्त कार्यक्रम सञ्चालन भईरहेको रहेछ भन्ने कुराको महशुस अहिले हँुदै छ । ग्रामीण स्तरका महिलाहरुलाई वित्तिय साक्षरता नदिइकनै वित्तीय पहँुचमा जोडनु मुख्य समस्या देखा परेको छ । वित्तिय साक्षरता पर्याप्त भएको भए आज वित्तिय अनुशासन देखिन्थ्यो र हाल देखा परिरहेको समस्यामा केही कमी देखिन्थ्यो ।
मुख्य चुनौतीहरु:
१. उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन नहुनु ः नेपालको कागजी काम कहिले जाला घाम भनेको जस्तै कागजी रुपमा सम्पूर्ण कुराहरु चिटिक्क वाह भनेको जस्तै देखिएता पनि वास्तवमै लघुवित्तका कर्मचारीहरुमा वित्तीय साक्षरता, वित्तिय अनुशासन पर्याप्त नभएको देखिन्छ अर्थात प्रत्येक्ष रुपमा ग्राहकसंग सम्पर्क समन्वय र छलफल गर्ने कर्मचारी तल्लो तहको हुने र उसलाई पर्याप्त वित्तिय साक्षरता, सार्वजनिक अनुशासनका सिद्धान्तहरुका बारेमा पोख्त नबनाईकनै संस्थाले लक्ष्य दिने र जवरजस्ती लक्ष्य पुरा वापत उसलाई जागिरको सुनिश्चितता गर्ने जस्ता कुराले उक्त कर्मचारीले लक्ष्य प्राप्त गर्ने उद्देश्यले सिधै ग्राहकलाई वित्तिय पहँुचमा जोड्ने मुख्य समस्या रहेको छ ।
तसर्थ अधिकांश ग्रामीण स्तरका ऋणीहरुलाई कर्जा लिईएको संस्थाको नाम, के उद्देश्यले कर्जा लिइएको हो, कर्मचारीको नाम समेत बताउन नसक्ने अवस्था छ । उल्लेखीत सम्पूर्ण कुराको मुख्य समस्या लघुवित्त संस्थाहरुले नाफालाई मुख्य केन्द्रविन्दुमा राखेर अस्वस्थ रुपमा प्रतिस्पर्धा गरिरहेको कुरा जिकिर गर्न खोजिएको हो ।
२. कर्जा विश्लेषण परिपक्व नहुनु ः नेपाल एक कृषि प्रधान देश हो । यो भनाई नेपालको हावापानी र उत्पादकत्व हुने जमिनलाई केन्द्र विन्दुमा राखेर भनिएको हो । लघुवित्तको कर्जा यहि शिर्षकमा अत्याधिक रहेको पाईन्छ तर नेपालका अधिकांंश मानिसहरु कृषिलाई दोस्रो पेशा बनाईरहेको कुरा सर्वविदितै छ । चाहे होटल गरेर २ वटा बाख्रापालन गर्नु वा श्रीमान् वैदेशीक रोजगारीमा र श्रीमतीले घरमा ५ वटा कुखुरा र एउटा गाई पाल्नु । मुख्य आम्दानी अर्कै हुने गर्दछ । डाटामा हेर्ने हो भने कृषिमा लघुवित्त कर्जा यति लगानी, उति लगानी भनेता पनि लगानीको उद्देश्य कृषि र कर्जा फरक ठाऊमा लगानी भएको आँखाले देख्न सकिन्छ तर कागजले त्यो बोल्दैन ।
हो विश्लेषण गर्ने कर्मचारी प्राविधिक (कृषि, उद्यमशिलता विकास सहजकर्ता) हँुदैनन, कर्जा लगानीका बखतमा कर्जाको उद्देश्य अनुरुप प्राविधिक ज्ञान (कृषि, उत्पादनमुलक, सेवामुलक व्यवसाय) पर्याप्त हँुदैन । माथिल्लो तहमा काम गर्ने कर्मचारीलाई यस विषयमा अध्ययन गर्ने समय हँुदैन र उक्त कर्जा लगानी भईसक्छ र खराब कर्जामा परिणत भएपछि मात्र सबैलाई जानकारी हुन्छ कि यो कर्जा उद्देश्य भन्दा फरक ठाउँमा लगानी भयो ।
कर्जा विश्लेषण गर्दा पत्रकारिता विषयको पाँच डब्लु, एक एच भन्ने सिद्धान्त बिर्सनु हँुदैन भन्ने कुराको ज्ञान हुनैपर्छ । तथापी कर्जा सदुपयोगीताको कागजी फारमहरु शाखाहरुमा हेर्ने हो भने, अहिले पिडित भए भनेर सडकमा आईरहेका हरेक सदस्यले कर्जा उद्देश्य अनुरुप लगानी गरेको र उद्यमशिलता गरिरहेको कुरा देख्न सकिन्छ तर यर्थाथ फरक छ । कर्मचारीहरुमा कागजी दबाव, लक्ष्यको दबाव र लघुवित्तको विशेषज्ञाताको अभावले समस्याहरु बढ्दो गतिमा देख्न सकिन्छ ।
३. ग्राहक÷सदस्यलाई स्मेन्ड नगर्नु ः समय संगै हरेक कुरा परिवर्तन हुने गर्दछ भन्ने कुरा विज्ञानले भन्छ साथै मानिसका आवश्यकताहरु असिमिति हुन्छन भन्ने कुरा अर्थशास्त्र ले भन्छ । तसर्थ समाजिक रुपमा पनि मानिसले मनोविज्ञान र उत्प्रेरणामा पनि स्मेन्ड खोजिरहेको हुन्छ । कर्मचारी वा ग्राहक÷सदस्य यि दुवैलाई हौशला, उत्प्रेरणा, मानमर्यादा, समाजिक अनुशासन, आर्थिक उत्प्रेरणा, पुरस्कार पनि स्मेन्ड अत्यन्तै महत्वपूर्ण हुने गर्दछ । यस विषयमा लघुवित्तमा रहेको सिएसआर कोषको रकम प्रयोग गर्न सकिन्छ तथापी यो कुरालाई महत्व दिइएको पाईदैन ।
४. क्वाटरमा खराब कर्जा ५ प्रतिशत भन्दा तल हुनैपर्ने ः हरेक क्वाटरमा राष्ट्र बैंंकले दिइएको निर्देशन अनुरुप जम्मा लगानीमा रहिरहेको कर्जाको खराब कर्जा ५ प्रतिशत भन्दा तल हुनै पर्ने नियमले जवरजस्ती कर्जा नविकरण र पुनःसंरचना गरेको पाईन्छ । कर्जा सुचना केन्द्रको सिआईसी रिपोर्टलाई ईडिट गर्नेदेखी सिआईसी नो हिट रिपोर्ट राखेर ग्राहक÷सदस्यहरुको साँवा, ब्याज जोडेर सकेसम्म एक दुई किस्ता अझै बचतमा समेत राख्ने गरी साविक कर्जा भन्दा धेरै कर्जा देखाएर क्वाटर रिपोर्ट तयार गरेको देख्न सकिन्छ । नियमन निकायले पक्कै हेर्छ होला, क्वाटरको महिनामा मात्रै किन यति धेरै ऋणी संख्या बढने, लगानीमा रहिरहेको कर्जा बढ्ने र खराब कर्जा (एनपिएल) घट्ने हुन्छ भनेर । नियमन निकायले कार्यान्वयनका लागी दिइएको निर्देशन कसरी कार्यान्वयन भईरहेको छ भन्ने कुरा स्वयम जानकार हुनैपर्छ तर कागजी रुपमा ठिकठाक भएपनि यर्थात चित्र फरक छ र बोल्ने अवस्थामा कोही देखिँदैन । साँच्चै ठिकठाक भएको भए ५० हजारको कर्जा ३ लाखसम्म कसरी पुग्थ्यो र लघुवित्त क्षेत्रको क्वाटरमा देखाएको रिपोर्ट वास्तविक भएको भए ६३२ प्रतिशत भन्दा बढी खराब कर्जाको अनुपात कसरी सृजना हुन्थ्यो र किन सङ्घर्ष समिति, कर्जा मिनाह जस्ता नाराहरु र भिडहरु आउथे होला ।तसर्थ नियमन निकायले हामीदेखी कहीँ कतै केही न केही ग्याप छ अर्थात केही नमिलेको पक्कै छ भन्ने महसुस गर्नैपर्दछ ।
५. लघुवित्त कार्यक्रमप्रति समुदायमा विश्वासको कमी ः वर्तमान अवस्थामा नेपालमा विपन्न (गरिवी) वर्ग, अशिक्षित वर्ग, कुल प्रतिव्यक्ति आय र बसाई सराई दर का सुचकहरु परिवर्तन भएका छन् । तर लघुवित्त कार्यक्रमको संरचना यथावत छ अर्थात पुरानो अवस्थामा छ । नियमन निकायले डाटामा देखे जस्तो पक्कै छैन । यो कोरोना माहामारी पछी लघुवित्त कार्यक्रममा समुदायको आकर्षित घट्दो क्रममा छ अर्थात विस्तार हुन सकिरहेको छैन । विस्तार भएको स्थानमा व्यापक समस्या बढ्दो दरमा छ ।
कर्जाको दुरुपयोगीता बढेको छ, अस्वस्थ प्रतिस्पर्धाले चरम सिमा नाघेको छ र नाफा कमाउनका लागी लगानीको होडबाजी चलेको देखिन्छ । तर सेवा गरेर नाफा कमाउनु र नाफा कमाउनका लागी सेवा गर्नु यि दुई एउटै सिक्काका दुईवटा भिन्न पाटा हुन । लघुवित्तको उद्देश्य अनुरुप सेवा गरेर नाफा कमाउने नियम विर्सिएको जस्तो देखिन्छ । तसर्थ समुदायमा विश्वास घट्दो दरमा छ, खराब कर्जा बढ्दो दरमा छ साथै लघुवित्तकर्मीहरुहरुलाई सामाजिक मानसम्मानमा कमी आएको देख्न सकिन्छ र बजारमा लघुवित्त खारेजी गर्नुपदर्छ भन्ने नाराहरु घन्किन्छन ।तसर्थ कार्यक्रमको संरचना परिवर्तन गर्नु अर्काे महत्वपुर्ण कुरा हो ।
समाधानको पक्षहरु
१. लघुवित्त मोडेल पुनर्संरचना ः नेपालमा सञ्चालन भईरहेको लघुवित्त मोडेल वर्तमान अवस्थामा फेल भएको हो कि भन्ने आम जनमानसमा भान भईरहेको छ । नेपालमा पछिल्लो अवस्थामा प्रतिव्यक्ती आय दर, शिक्षित वर्ग, बसाईसराई, रोजगार सुचकहरु हेर्ने हो भने धेरै कुरा सुधार र परिवर्तन भएका छन् ।
अहिले सञ्चालन भईरहेको मोडेल पुरानो भयो र उक्त मोडेलमा मानिसहरु अनुसाशित हुने, फरक व्यक्तिलाई कर्जा जमानी राख्ने, मासिक रुपमा अनिवार्य अनुशासित भएर बैठक बस्ने, प्रतिज्ञा भन्ने, बैठकमा कर्जा सदुपयोगीता बारेमा भन्न लगाउने यावत कुराहरुमा आकर्षण घट्दै गएको छ र लघुवित्त संस्थाहरुले परिपालन गराउन सकिरहेको छैनन । यही विन्दुदेखी सुरु हुन्छ लघुवित्तकर्मी र ग्राहक विचको बिचलन, मनमुटाव । तसर्थ हाल लघुवित्त कार्यक्रमले आफनो ट्रयाक छोडेको देख्न सकिन्छ ।
उदाहरणका रुपमा लघुवित्त केन्द्र÷इकाई वैठक बस्दैनन, कर्जा सदुपयोगीता गरेका ऋणीहरुको सफलताको कथा तयार गर्ने हो भने १ प्रतिशत पनि छैनन् । घरघरमा गएर लघुवित्तकर्मीले किस्ता असुल गरिरहेको देखिन्छ । कर्जाको जमानी बस्न अर्काे छिमेकी मान्दैन । बसाई सराई बढ्दो दरमा छ । परिवार सदस्यहरु टुक्रिएको छ घरमा भन्दा बाहिर धेरै सदस्य हुने गर्दछन । तसर्थ नियमन निकायले यस बारेमा तुरुन्त मोडेल बारेमा सोच्ने हो कि भन्ने देखिन्छ । हामी उदाहरणको रुपमा निम्न मोडेलहरुलाई हेर्न सक्छौं र लघुवित्तमा पाईलटिङ गर्न सक्छौं ।
क. शाही मौद्रिक प्राधिकरण भुटान ः भुटानको लघुवित्त क्षेत्र अपेक्षाकृत सानो तर बढ्दो छ। भुटानको शाही मौद्रिक प्राधिकरण ले विभिन्न पहलहरू मार्फत वित्तीय समावेशीकरण प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ। एउटा उल्लेखनीय कार्यक्रम ग्रामीण उद्यम विकास निगम लिमिटेड हो, जसले ग्रामीण उद्यमी र साना व्यवसायहरूलाई आयआर्जन गर्ने गतिविधिहरूलाई समर्थन गर्न र ग्रामीण विकासलाई प्रववद्र्धन गर्न धितो–रहित ऋण उपलब्ध गराउँछ ।
ख. सनासा डेभलपमेन्ट बैंंक मोडेल ःश्रीलंकामा राम्रोसँग स्थापित लघुवित्त क्षेत्र छ, जसमा सनासा विकास बैंक प्रमुख खेलाडीहरू मध्ये एक हो। विकास बैंक ले एक सहकारी मोडेल पछ्याउँछ, जहाँ यसले आफ्ना सदस्यहरू (अधिकांश ग्रामीण किसान र साना उद्यमीहरू) बाट बचत परिचालन गर्छ र उनीहरूलाई ऋण सुविधा, बीमा र अन्य वित्तीय सेवाहरू प्रदान गर्दछ। यसले समुदायको सहभागिता र सशक्तिकरणलाई जोड दिन्छ।
ग.एम–पेसा मोडेल केन्या ः परम्परागत माइक्रोफाइनान्स मोडेल नभए पनि, मोबाइल फोनमा आधारित पैसा स्थानान्तरण र माइक्रोफाइनान्स सेवा एम–पेसाले केन्यामा वित्तीय समावेशीकरणमा महत्वपूर्ण प्रभाव पारेको छ। यसले प्रयोगकर्ताहरूलाई उनीहरूको मोबाइल फोन प्रयोग गरेर पैसा जम्मा गर्न, निकाल्न र स्थानान्तरण गर्न अनुमति दिन्छ, ग्रामीण क्षेत्रहरूमा सेवाविहीन जनसंख्यामा पुग्छ।
बोलिभिया मा एक अग्रणी लघुवित्त संस्था हो। यसले कम आय भएका उद्यमीहरू र साना व्यवसायहरूलाई वित्तीय सेवाहरू प्रदान गर्दछ, ऋण उत्पादनहरूको दायरा प्रदान गर्दछ र ग्राहक शिक्षा र वित्तीय साक्षरतालाई जोड दिन्छ।
२. कर्मचारीहरुमा गुणस्तरियता जाँच ः नियमन निकायले लघुवित्त क्षेत्रमा आवद्ध कर्मचारीहरुको केही मापदण्ड बनाएर गुणस्तरियता जाँच गरेमा समुदायमा देखिएका केही समस्याहरुमा सुधार हुन सक्दछ । तसर्थ सामाजिक अनुशासन, व्यक्तिगत अनुशासन, संस्थागत अनुशासन र जवाफदेहीता जस्ता कुराहरुमा पक्कै सुधार भई लघुवित्त कार्यक्रमलाई थप बल पुग्न सक्ने देखिन्छ । यर्थाथमा सार्वजनिक प्रशासनसंग सम्बन्धित कर्मचारीहरु भनेको गुणस्तरिय हुनै पर्छ फलस्वरुप समस्या समाधानमा टेवा पुग्न सक्छ ।
३. ग्राहक÷सदस्यलाई शेयर धनी बनाउने ः मुलत वित्तीय क्षेत्र कम्पनी रजिष्टर कार्यालयमा दर्ता भए पश्चात अस्वस्थ प्रतिस्पर्धा बढेको कुरा नकार्न सकिँदैन । तर लगानीकर्ता र ग्राहकबीचको सम्बन्धमा ठुलो खाड्ल छ । ग्राहक÷सदस्यहरुलाई अनुशासनको मापदण्ड तयार गरेर शेयर धनी बनाउने व्यवस्था गरेमा समाजवाद पक्षका राजनीतिक दलहरुको पनि समाजवाद देखिने र लघुवित्त क्षेत्रको समस्या केही हदसम्म समाधान हुने थियो कि भन्ने देखिन्छ ।
४. जोखीममा रहेको कर्जा असुली ः अहिलेको अवस्थामा नगद रुपैयाँ वास्तवमै छैन अर्थात भएपनि समुदायमा कम छ । तर ग्राहकहरुलाई वित्तिय ज्ञान नहँुदा, लघुवित्तको नाफा कमाउनका लागी लगानीको होडवाजीले गर्दा खराब कर्जा बढ्यो र आम्दानीको स्रोतले नियमित किस्ता तिर्न नसक्ने अवस्थामा भएकोले भाका अवधि बढाउने, त्रैमासिक किस्ता असुली गर्ने, प्राविधिक सिप विकास कार्यक्रमहरु गर्ने, वित्तीय जनचेतना जगाउने कुराहरुमा कडाइका साथ लागु गरेमा केही हदसम्म समस्या समाधान हुन सक्दछ ।
५. लघुवित्तले ग्राहक सदस्य संरक्षण निर्देशिका परिपालन गरे नगरेको ः वार्षिक रुपमा लाखौंं, करोडौं रुपैयाँ ऋक्च् ँगलममार्फत ग्राहक÷सदस्यहरुलाई खर्च गरिरहेको कुरा कागजी रिपोर्टमा र कहिकतै फोटोहरु समेत देखिन्छ । तथापी वास्तविक के कस्तो गरिरहेको छ, साँच्चै सुविधा प्रापत गरेका छन् त ? ग्राहकहरुले के के पाए, वित्तिय साक्षरता तालिम, प्राविधिक सिप विकास तालिम, नमुना केन्द्र÷ईकाई भ्रमण, सदस्यको प्राकृतिक प्रकोपले असर परेको सुविधा, ग्राहक÷सदस्यको श्रीमान वा अभिभावकलाई वित्तीय ज्ञान तालिम आदी जस्ता कुराहरु पाए नपाएको भन्ने कुरा नियमन निकायले गहिरिएर हेरेको जस्तो लाग्दैन । यदी उल्लेखी कुराहरु ग्राहकहरुले पाएको भएमा केही जनचेतनामा परिवर्तन आउथ्यो र समस्या घट्दै जाने थियो ।
लघुवित्तको खराब कर्जा दिनानु दिन बढदैै गईरहेको र आर्कषण घटदो क्रममा रहेको साथै समस्या बढदै गईरहेकोले बेलैमा नियमन निकायले केही कदम नचालेमा दुर्घटना हुन सक्छ । तसर्थ लघुवित्तमा देखीएका समस्याका लक्षण भन्दा पनि कारण पहिचान गरी वास्तविक र ठोस रुपमा रोकथाम नभई निराकरण नै गर्ने तवरले कदम चाल्नु पर्ने देखिन्छ ।