लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
सुर्खेत बिरेन्द्रनगर न.पा.४ ऐरि चोक स्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र सुर्खेत प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाके खजुरा गा.पा.८ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. ४ ऐरीचोक स्थित पान पसल गरी बस्ने बर्ष ३१ को राज खान र जिल्ला बाँके खजुरा गा.पा. ४ घर भई हाल बि.न.पा.४ पान पसल गरी बस्ने बर्ष २१ को कलिङ खान रहेका छन् ।

उनीहरु दुवैलाई शंकास्पद अवस्थामा फेलापारी निजहरुको शरिर खानतलासी गर्दा निजहरुको साथबाट शुद्ध २ ग्राम ३ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ फेलापारी बरामद गरी पक्राउ गरिएको सुर्खेत प्रहरी कार्यालयले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई सुर्खेत प्रहरी कार्यलायमा ल्याई अनुसन्धान भईरहेको छ ।