लागु औषध (चरेश) मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध (चरेश) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुम्लाको तिला गाउँपालिका –७ का अन्दाजी वर्ष ३६ का हरिवहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध (चरेश) मुद्दाका फरार प्रतिवादी रोकायालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला अदालत जुम्लाको फैसला कार्यान्वयन अन्तर्गत अदालबाट कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीले बताए ।

उनका अनुसार, फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको विशेष टोलीले खोजतलास गर्दा पक्राउ गरेको हो । लागु औषध (चरेश) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि जिल्ला अदालत पठाईएको छ । अदालतले १५ दिन सजाए तोकेको उक्त प्रतिवादी फरार थिए ।