“वरिष्ठ चित्रकार हुन यादवचन्द्र भुर्तेल”

वुवा चक्रपानी भुर्तेल आमा नन्दकली भुर्तेलको आठौं छोराको रुपमा २००३ साल चैत्र २१ गते शुक्रवार दिन चितवन देवनगरमा यादव चन्द्र भुर्तेलको जन्म भएको हो । सिंजा सम्राज्य विस्तारमा दैलेखको भूर्तिगाउ“बाट पुर्व लागेका भुर्तेल परिवार चितवनबाट पोखरा आएको थियो ।

यादव चन्द्र ७बर्ष हु“दा गुरुकुल शिक्षा अध्ययन गर्ने जानु भएको थियो । गुरुकुलमा सा“वा वर्णमाला अक्षर सकेर अम्मर सिहं थापा प्रावि स्थापना हु“दा १० बर्ष उमेरमा कक्षा एक अध्ययनको लागि भर्ना भई त्यहि अमर सिह प्रा.वि.नि., मा.वि, मा.वि स्विकृत हु“दै विभिन्न कक्षा गरेर ४ पटक असफल भै एसएलसी त्यहि बिद्यालयबाट उत्तिर्ण गर्न भएको थियो । सानै उमेरदेखि चित्र कोर्नरुची भने रहँदै आएको थियो ।

उच्च शिक्षा अध्ययन गर्न काठमाण्डांैको त्रिचन्द्र कलेजबाट आईएससी उत्तिर्ण गरी चितवन रामपुरवाट विएससीएग्रिकल्चर पास गर्न पुग्नु भएको थियो । चितवन रामपुरबाट नै कृषि शिक्षा तालिम पनि प्राप्त गर्नुभयो । त्यसपछी पहिलो पटक नेपालमा संचालित ललिकला कलेज अध्ययन पहिलो ब्याचमा १३ जना भर्ना भएर १३ जना मध्ये भुर्तेल तेह्रौ नम्बरमा परीक्षामा बिए उत्र्तिण हुन पुग्नु भएको थियो ।

श्री ५ को सरकारले ललितकला कलेज उत्तिर्ण विद्यार्थीलाई मान्यता नदिएकोले आन्दोलन गरेपछी सरकारले मान्यता दिएको थियो । तीन विषयमा ब्याचलर पास गरेपछी आफै पढेको पोखराको अमर सि थापा, मा.वि.मा अस्थायी शिक्षक हु“दै स्थायी समेत हुन पुग्नु भयो । २०२६ सालमा मेनुका किरण रिजाल भुर्तेलसंग मागी बिवाह बन्धनमा बा“धिनु भएको थियो ।

अध्यापनको साथसाथै चित्रकला कोर्न पनि जारी राख्दै आउन भएको थियो । चित्रकलाको ब्यक्ति संघसंस्था माग बढन थालेपछी अध्यापन साथै फुर्सतको समयमा चित्रकला निरन्तर अगाडि बढाउ“दै जानु भएको थियो । देश विदेशबाट माग हु“दै जा“दा थप परिश्रमबाट आर्थिक उपार्जन गर्न पुग्नु भएको थियो । ३६ बर्ष एउटै अमर सिहं थापा मा.वि.पोखरा अध्यापनपछी निवृन्त हुन पुग्नु भएका हकी स्वभावका भुर्तेल कुनै विषयमा अन्याय अत्याचार परेपछी खरो प्रतिवाद उत्रने दलाली नगर्ने सानो उमेरदेखी नै बानी रहेको थियो ।

ब्यग्य चित्र समेत कोरेर विरोध जनाउन पनि पछी पर्न हँुदैन । कुनै सत्ताको नजिक पुगि दलाली नगर्ने भएकोले नै राष्ट्रिय स्थरको मान सम्मान विभुषित हुन पुग्नु भएको छैन । तर यस्ता प्रतिभावान व्यक्तिलाई राजनीति को झोले नभए पनि राज्य विभिन्न निकायबाट मान सम्मान गरिनु पर्छ । निरंन्कुश सामान्त राज्य विभिन्न अंगले भुकिमा खेल्न नसक्ने सामान्ती धनधगी अहिले पनि प्रजातन्त्रका सत्ताधारीहरुमा रहेको जस्तो लाग्छ ।

भुर्तेलका छोरा चन्द्र विलास पवन र छोरी जोगिन सृजना रहेका छन् । कान्छी छोरी विवाह नगरी होटल ब्यवसायी गरेर बसेकी छिन भने अन्य सबै विवाह बन्धनमा बाँधिएका छन् । कान्छी छोरी दुवै छोरा वुहारी नातिनातिना समेत संगोल परिवारमा पोखरा महा न.पा.वार्ड ८ आफनो निजि भवनमा श्रीमती मेनुका किरणसंग जिवन बिताउ“दै आउनु भएको छ ।

७७वर्ष बृद्ध अवस्थामा पनि स्वदेश विदेशबाट चित्रकला माग आएपछी निरन्तर आफ्नो विधा सञ्चालन गरिरहनु भएको छ । निरंन्कुश सामन्तवादमा दुरदृष्ट्री भएका महान व्यक्ति जिवित ह“ुदा अनेक प्रकारले सताउने उसको मृत्युपछि वहुजन उसले दिएको सन्देश ग्रहन गरेपछी उहि सामान्तले शालिक निर्माण गरेर पुज्ने प्रवृत्ती अन्त्य गर्दै प्रजातन्त्र जिवित छँदै मानसम्मान दिने संस्कार बहुदलिय लोकतन्त्र गणतन्त्र परिपाटीको व्यवस्था अगाडि बढे कसो होला ? सवै तहका राज्य संचालक सरकारमा चेतना भया ।