२०८१ चैत्र ३१ गते
×

Now Playing

विद्यालयलाई आर्थिक गतिविधिमा जोड्नुपर्छ : मन्त्री भण्डारी


सुर्खेत । कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयलाई आर्थिक गतिविधिमा जोड्न शिक्षा योजनामा मुख्य प्राथमिकता राख्नुपर्ने सुझाव दिएका छन् । आईतबार कर्णाली प्रदेशको शिक्षा योजनाको मस्यौदामाथिको छलफल कार्यक्रममा बोल्दै उनले शिक्षा र आर्थिक विकासलाई सँगै लिनुपर्ने बताए ।


यसका लागि स्थानीय पाठ्यक्रममा उत्पादनको विषय जोड्नुपर्ने र व्यवसायीकरण गर्नुपर्ने सुझाव राखे ।


मन्त्री भण्डारीले प्रदेश योजना बनाउँदा पालिकाको शिक्षा योजना पृष्ठपोषणका रूपमा लिन सकिने बताए । ती योजनालाई प्रदेश र स्थानीय तहबीचको तदम्यता मिलाउन आग्रह गरे ।


योजना बनाउने तर उपयोग नहुने कारणले जनतामा वितृष्णा जागेको बताउँदै योजना निर्माण गर्दा विज्ञको सहभागिता अनुरुप कार्यान्वयन गर्ने निकायका कर्मचारीले ध्यानपूर्वक सहभागी हुन आवश्यक रहेको टिप्पणी गरे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *