वीरगन्ज कारागारका ४ जना कैदिबन्दी एसईई परिक्षामा सहभागी
वीरगन्ज । आजदेखी सुरु भएको माध्यमिक शिक्षा परिक्षा ९एसईई ० मा वीरगन्ज कारागारका ४ जना कैदीबन्दी सहभागी भएका छन ।
एसईई परिक्षामा विभिन्न मुद्दाका ४ जना पुरुष कैदीबन्दी सहभागी रहेकोे वीरगन्ज कारागारका जेलर खिमराज भुसालले जानकारी दिए ।
कारागारका कैदीबन्दीलाई कारागार भित्र नै एसईई परिक्षा दिनलाई ब्यवस्था गरिएको उनले बताए ।
एसईईको परिक्षामा सहभागी हुन एक जना बाराबाट र तीन जना कैदिबन्दी पर्साबाट फारम भरेका जेलर भुसालले बताए ।
पर्सा जिल्लाबाट यस वर्ष कुल ११ हजार ४१३ विद्यार्थीले एसइई परीक्षामा सहभागिता भएका छन् । जसमा ५ हजार ७३६ छात्रा र ५ हजार ६७७ छात्र रहेका छन् ।
जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएको छ । यीमध्ये २८ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् ।
वीरगन्ज महानगरपालिकामा सबैभन्दा बढी १७ केन्द्र रहेका छन् भने बाँकी १२ केन्द्र जिल्लाका अन्य १३ स्थानीय तहमा फैलिएका छन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।