वीरेन्द्रनगर नगरपालिकाले भूकम्पपीडितलाई २६ लाख सहयोग गर्ने
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावितहरूको पुनर्स्थापना कोषमा २६ लाख सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको मंगलवार वडाको वडा विपद् कोषबाट एक लाखका दरले १६ लाख र नगर विपद् कोषबाट १० लाख गरी जम्मा २६ लाख रुपैयाँ सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।
यस्तै, वीरेन्द्रनगरका सामुदायिक विद्यालयहरूमा अध्ययन गर्न चाहने भूकम्पपीडित परिवारका बालबालिकाहरूलाई नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णयसमेत भएको छ ।