२०८१ चैत्र १
×

Now Playing

वैद्यको अभिव्यक्ति आपराधिक र आपत्तिजनक : एमाले

सुर्खेत । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएका अभिव्यक्तिको भर्त्सना गरेको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै सांसद वैद्यले प्रदेशसभा बैठकमा दिएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्ने अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको टिप्पणी गरेका छन् ।

‘बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले)ले अत्यन्त गम्भीर रुपमा लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’

एमालेले वैद्यको अभिव्यक्तिको घोर भत्र्सना गर्दै उक्त विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने बताएको छ। विज्ञप्तिमा उल्लेख छ, ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद वैद्यले प्रधानमन्त्री केपी ओलीले मनलाग्दी गरेको भन्दै नाथुराम गोड्से आवश्यक परेको र कोही बन्न तयार नभए आफैँ बन्ने बताएका थिए। ​नाथुराम गोड्से महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन् ।

वैद्यको अभिव्यक्ति आपराधिक र आपत्तिजनक : एमाले

YUGAAWHAN NATIONAL DAILY (2078-02-29)

Leave a comment

Your email address will not be published. Required fields are marked *