२०८२ बैशाख १५ गते
×

Now Playing

वैशाख ३, ४ र ५ गते कर्णाली एजुकेशन एक्स्पो हुने


सुर्खेत । बैशाख ३, ४ र ५ गते सुर्खेतको वीरेन्द्रनगरमा एजुकेशन एक्स्पो हुने भएको छ । कर्णाली विकास केन्द्रको पहलमा वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिने एकुकेशन एक्स्पो हुन लागेको हो ।

एकुकेशन एक्स्पोको अवसरमा शिक्षाविज्ञ, जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरुबीच शिक्षाको नीतिगत व्यवस्था, कर्णालीको शैक्षिक अवस्था र समाधानका विकल्पका बारेमा कार्यशाला समेत सञ्चालन गरिने कर्णाली विकास केन्द्रका अध्यक्ष नविन जैशीले बताए । ‘विभिन्न क्षेत्रजस्तै शिक्षाका पनि कर्णालीको अवस्था निकै जटिल छ,’ उनले भने,‘यसबारे बृहत अन्तरक्रिया तथा विचार मन्थन गर्न लागिएको हो ।’

वैशाख ३, ४ र ५ गते हुने प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकूलपति नन्दबहादुर सिंहलगाएतको उपस्थित हुने कर्णाली विकास केन्द्रका सल्लाहकार प्रभात चलाउने बताए । ‘विभिन्न पक्षबाट कर्णालीको शैक्षिक अवस्थाको विश्लेषण गरिनेछ,’ उनले भने,‘शैक्षिक सूचकहरु प्रस्तुत गर्ने, कर्णालीबाट उच्च शिक्षा हासिल गर्न बाहिर जानेहरुको अवस्था, कर्णालीमा सीमान्तकृत समुदाय र शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको अवस्था र उनीहरुको शिक्षाको अवस्था र त्यसको विकल्पका बारेमा छलफल हुनेछ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *