सडक अतिक्रमण गरि बनाएका संरचनाहरु हटाइयो

सुर्खेत : सडक डिभिजन कार्यालय सुर्खेतको अगुवाईमा रत्नराजमार्ग (कोहलपुर–सुर्खेत) सडक खण्डको अतिक्रमण घर, टहरा, पसल हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सडकको भाग अतिक्रमण गरी बनाइएका अस्थायी तथा स्थायी प्रकृतिका भौतिक संरचनाहरु हटाइएको हो । सार्वजनिक सडकलाई अतिक्रमण गरी घर टहरा, पसल सञ्चालन भएपछि सडक दुर्घटना हुने जोखिम बढेको सडक डिभिजन कार्यालय सुर्खेतका सिनियर डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

जनप्रतिनीधि, प्रशासन, प्रहरी, राजनीतिक दल, नागरिक समाजको सहभागिता र सहयोगमा सडकको अतिक्रमित भाग हटाउन सकिएको उनले बताए । सिनियर डिभिजन इन्जिनियर अधिकारी भने ‘रत्नराजमार्गको छिन्चुदेखि बाङ्गेसिमलसम्मको सडक भाग पूर्ण रुपमा खाली गरिएको छ । सडकको भागमा ग्यारेज सञ्चालन गरेका केही स्थानमा अटेरी भैरहेको छ’ उनले थपे ‘सडक अतिक्रमण गरेर ग्यारेज, पसल सञ्चालन गरेको पाइएमा ठाउँको ठाउँ तत्काल कारवाही गर्ने विषयमा ट्राफिक प्रहरीसंग समन्वय भैरहेको छ ।’

रत्नराजमार्गको सडक सिमा २०३४ सालमा प्रकाशित राजपत्र अनुसार पिच सडकको बिच भागदेखि २५ मिटर दायाँ र २५ मिटर बाँया सडकको भाग तोकिएको थियो । सडकको ५० मिटरभित्र अतिक्रमण गरी कुनै पनि स्थायी, अस्थायी प्रक्रियाका घर टहरा, पसल सञ्चालन गर्न पाइदैन । सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक अतिक्रमण गर्ने व्यक्तिलाई कडा कारवाहीको समेत व्यवस्था गरेको छ ।  अतिक्रमण हटाउनका लागि पटक पटक ताकेता गर्ने अटेरी गरेको खण्डमा सडक कार्यालयले आफै हटाई त्यो हटाउँदा लाग्ने खर्च स्वयम् व्यक्तिबाट भराउनुपर्ने कानूनि प्राव्धान रहेको छ ।

राष्ट्रिय सडकको मापदण्ड अनुसार बाटो भत्काउनुपर्ने, पोल गाड्नुपर्ने, प्रवेशद्वार गेट निर्माण गर्नुपर्ने, अवस्थामा सडक विभागबाट पूर्व स्वीकृति लिनुपर्ने कानूनि प्राव्धान रहेको छ । विद्युत प्राधिकरणले विद्युतका पोल गाड्दा आफुखुशी पोल राख्ने र सडकले हटाउँदा उल्टै क्षतिपूर्ति तिर्नुपरेको गुनासो रहेकोछ ।

सडक अतिक्रमण गरि बनाएका संरचनाहरु हटाइयो

छाउपडी बिरुद्ध बोलौ‌

Leave a comment

Your email address will not be published. Required fields are marked *